गोरखा, १५ मंसिर । बुढीगण्डकीमा खसेर खच्चड गोठालो बेपत्ता भएका छन् । गोरखाको चुमनुव्री गाउँपालकिा ४ गपको भीरबाट बुढीगण्डकीमा खसेर बागलुङ नसिखोला गाउँपालीका ६ का ४१ वर्षीय वीरबहादुर घर्ती बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
सिर्दीबासबाट २६ खच्चडमार्फत उपभोग्य सामाग्री नामरुङ पु¥याउन हिडेका घर्ती मंगलबार दिउँसो गपस्थति साँघुरोबाटोबाट झन्डै एक सय ५० मिटर तल बुढीगण्डकीमा खसेर बेपत्ता भएका प्रहरी नायब उपरिक्षक प्रकाश दाहालले बताउनुभयो ।
बेपत्ता भएका ब्यक्तिको झोला, पर्स मोबाइल, मतदाता परिचय पत्र, जुत्ता र टोपी बुढिगण्डकी किनारमा फेला परेको उहाँले बताउनुभयो । बेपत्ता घर्तीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।