Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

सल्लाह नगरेरै राजदूत सिफारिसपछि ओली-प्रचण्ड भेटवार्ता अनिश्चित

सल्लाह नगरेरै राजदूत सिफारिसपछि ओली-प्रचण्ड भेटवार्ता अनिश्चित

इच्छाकामना न्युज

१५, आश्विन २०७७
सल्लाह नगरेरै राजदूत सिफारिसपछि ओली-प्रचण्ड भेटवार्ता अनिश्चित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको भेटवार्ता अनिश्चित बनेको छ । आजको मन्त्रिपरिषद् बैठकले बेलायत र अमेरिकाकाको राजदूत सिफारिस गरेकामा प्रचण्डले असन्तुष्टि जनाएका छन् ।

images
आजको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीको राजीनामा स्वीकृत गर्दै उनलाई बेलायतको राजदूत र प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा.युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत सिफारिस गरेको थियो । मुख्यसचिवमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई बढुवा गरिएको छ ।

निरन्तरको संवाद जारी रहेकै समयमा सरसल्लाह नगरेरै राजदूत सिफारिस गरिएपछि ओली-प्रचण्डबीचको भेटवार्ता नै अनिश्चित बनेको छ । स्रोतले भन्यो, 'सरसल्लाह अनुसार अगाडि बढ्नुपर्नेमा, त्यसो हुन सकेन । त्यसैले आज हुने भनिएको भेटवार्ता नै अनिश्चित बनेको छ । बेलुकीसम्म नयाँ कुरा आएमा भेटवार्ता सम्भव होला । तर, सम्भावना झन्झन् कमजोर बन्न थालेको छ ।'

ओली-प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनका लागि मापदण्ड बनाउने विषयमा विवाद बढेको छ । ओलीले आफू निकटका व्यक्तिलाई मन्त्री कायमै राख्ने योजना बनाएका छन् भने प्रचण्डले एक पटक सबैलाई फिर्ता गरेर दोहोर्याउनु पर्नेमा जोड दिएका छन् । कुरा नमिलेपछि हिजो हुने भनिएको भेटवार्ता पनि स्थगित गरिएको थियो ।

images
प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - ०९:०१:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology