Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

अन्ततः नेपाली कांग्रेस तनहुँको अध्यक्षमा जीतप्रकाश आले निर्वाचित, पौडेल निकट बैकुण्ठ न्यौपाने पराजित

अन्ततः नेपाली कांग्रेस तनहुँको अध्यक्षमा जीतप्रकाश आले निर्वाचित, पौडेल निकट बैकुण्ठ न्यौपाने पराजित

images

इच्छाकामना न्युज

१२, मंसिर २०७८
अन्ततः नेपाली कांग्रेस तनहुँको अध्यक्षमा जीतप्रकाश आले निर्वाचित, पौडेल निकट बैकुण्ठ न्यौपाने पराजित
images

तनहुँ, १२ मंसिर । विभिन्न शंका र उपशंका चिर्दै नेपाली कांग्रेस तनहुँको सभापतिमा जीतप्रकाश आले निर्वाचित भएका छन् ।

हालकै सभापति बैकुण्ठ न्यौपानेले जित्ने दावीका बीच भीमादका जीतप्रकाश आलेले कांग्रेस तनहुँमा केही समययता दह्रो पकड बनाएका न्यौपानेलाई पराजित गर्दै अप्रत्यासित नतिजा निकाले ।

दुवै पक्षले एक अर्काले करिब डेढ सय मतान्तरले चुनाव जित्ने दावी गरिरहँदा आलेले शुरुवातदेखि नै निरन्तर लिड गरेर नसोचेको परिणाम दिएका हुन् ।

क्षेत्र १ को मतान्तर, दुवै प्रदेशको चुनाव जितेको पौडेल प्यानलको मतको बल अनि सभापति हुँदाको प्रभावका आधारमा न्यौपानेले थोरै मतान्तरले जित्ने आशंका गरिए पनि केन्द्रमा प्रभाव जमाएका हस्तीहरु शंकर भण्डारी, गोविन्द भट्टराई र मास्टरमाइण्ड भनेर जिल्लाको राजनीतिमा चिनिने ध्रुव वाग्लेको साथ पाएका आलेले क्षेत्र २ मा आफ्नो प्यानलले जमाएको पकडका आधारमा चुनाव जिते ।

हार्ने अवस्थामा न्यौपाने चुनाव नलड्ने ठानिए पनि चुनावी अंकगणितमा १ सय मतले भए पनि जित्ने आन्तरिक आंकलनका आधारमा चुनाव लडेका थिए । आलेलाई भने क्षेत्र २ को खमा बनेको सर्वसम्मति, स्थानीय नेता राजेन्द्रकृष्ण श्रेष्ठसमेतको साथ अनि मगर बहुल मतका आधारमा चुनाव जित्ने आत्मविश्वासलाई केन्द्रका माथि उल्लेखित हस्तीले दिएको दह्रो साथ नै चुनाव जित्ने कारण बन्न पुग्यो ।

जिल्लामा दुवै क्षेत्रमा गरी १७८१ म्तदाताले मतदान गरेका थिए ।

images
प्रकाशित मिति :मंसिर १२, २०७८ आइतवार - २१:०२:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology