Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

एमाले महाधिवेशनका कारण रोकिएको कांग्रेस चितवनको जिल्ला अधिवेशन १८ गते हुने

एमाले महाधिवेशनका कारण रोकिएको कांग्रेस चितवनको जिल्ला अधिवेशन १८ गते हुने

images

इच्छाकामना न्युज

१२, मंसिर २०७८
एमाले महाधिवेशनका कारण रोकिएको कांग्रेस चितवनको जिल्ला अधिवेशन १८ गते हुने
images

चितवन, १२ मंसिर । नेपाली कांग्रेस चितवनको अधिवेशन बुधबारदेखि सुरु हुने भएको छ । पहिलो दिन उद्घाटन र मनोनयन हुने छ भने मङ्सिर १८ गते निर्वाचन गर्न सिफारिस गरिएको छ ।

नेपाली कांग्रेस चितवन कार्यसमितिको आज बसको बैठकले निर्वाचन समितिलाई अधिवेशनको मिति सिफारिस गरेको जिल्ला सचिव उत्तम जोशीले जानकारी दिनुभयो । मङ्सिर १५ देखि १७ गतेसम्म बागमती प्रदेश समितिको निर्वाचन प्रक्रिया हुने भएकाले १८ गते मात्र पार्टीको जिल्ला कार्यसमितिको निर्वाचन गर्न लागिएको हो ।

यहि मङ्सिर ११ गते निर्वाचन गर्ने भनिएकामा नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशनकाम कारण आवास र आवतजावतको समस्या हुने भन्दै स्थगित गरिएको थियो ।

जिल्लाको आजको बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गरेको छ । कांग्रेसको विधानमा जिल्ला सभापतिका लागि ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने भएकाले दोस्रो चरणमा निर्वाचन गर्नुपर्ने हुन्छ । यसका लागि कम्तीमा तीन दिन लाग्ने बताइएको छ । सभापति पदका ६ प्रत्यासी छन् ।

images
प्रकाशित मिति :मंसिर १२, २०७८ आइतवार - २०:२१:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology