Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कांग्रेस वडा अधिवेशन : मन्त्री विवाद गर्ने, पिएसओ गोली चलाउने !

कांग्रेस वडा अधिवेशन : मन्त्री विवाद गर्ने, पिएसओ गोली चलाउने !

images

इच्छाकामना न्युज

१२, मंसिर २०७८
कांग्रेस वडा अधिवेशन : मन्त्री विवाद गर्ने, पिएसओ गोली चलाउने !
images

एसवी थापा, सर्लाही, १२ मंसिर । नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा सर्लाहीको बलरामा गोली चलेको छ । जिल्लाको बलरा नगरपालिका–९, अचलगढमा वडा अधिवेशनको क्रममा प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री बिरेन्द्र सिंहका पिएसओले गोली चलाएका हुन् ।

आइतवार बलारा नगरपालिकाको ९ नम्बर वडाको अधिवेशन स्थलमा पुगेका मन्त्री सिंह र स्थानीय कांग्रेसका कार्यकर्ताबीच विवाद भएपछि मन्त्रीका पिएसओले एक राउण्ड हवाई फाएर गरेकाे श्रोतले जनाएको छ । 

स्थानीय कांग्रेस कार्यकर्ताका अनुसार पूर्व वडासभापति मतदानस्थलमा उपस्थित नभएपछि निर्वाचन प्रकृया नै अन्योलमा परेको अवस्थामा मन्त्री सिंंह केही कार्यकर्ता लिएर अचलगढ मतदान केन्द्र पुगेका थिए । लगत्तै स्थानीय कांग्रेस नेता कार्यकर्ताले उनलाई मतदान स्थलमा जान रोके । त्यसपछि स्थानीय प्रशासनको सहयोगमा मतदानस्थल प्रवेश गरेका उनले मतदान अधिकृतलाई आफ्नो ढंगले प्रकृया अगाडि बढएको आरोप लगाउदै गालीगलौज गरेको प्रत्यक्षदर्शीको भनाइ छ । 

मतदान अधिकृतलाई गालीगलौज गर्दै मतदानस्थलको टेवल कुर्सी फाल्न थालेपछि स्थानीय कांग्रेस नेता कार्यकर्ता मन्त्री सिहं र उनीसगैँ गएका कार्यकर्ता माथि जाइलागेका थिए । सोही क्रममा सिंहसगै‌ रहेका  पिएसओ प्रहरी हवल्दार रामचन्द्र खंगले एक राउण्ड गोली चलाएका हुन् । त्यसपछि भीड तितरवितर भएको प्रहरीले जनाएको छ ।

भडले प्रहार गरेको कुर्सीले लागेर प्रहरी हवल्दार खंगको टाउकोमा समेत चोट लागेको छ । सोही क्रममा अर्का एक जना कांग्रेस कार्यकर्ता रामचन्द्र महतोसमेत घाइते भएको प्रहरी जनाएको छ । 

मन्त्री सिंहका पिएसओले गत २ मंसिरमा पार्टी कार्यलयमा कांग्रेसका दुई पक्षबीच छलफलका क्रममा भएको विवादमा समेत पेस्तोल निकालेका थिए । त्यसवेला समेत आक्रोसित नेताकार्यकर्ताको भीडले मन्त्री सिंह, उनका पिएसओ र तत्कालीन निर्वाचन अधिकृत दिवाकर राज पाण्डेमाथि कुटपिट गरेका थिए । अहिले घटनास्थलको अवस्था सामान्य रहेको जिल्ला प्रहरी  कार्यालयका सूचना अधिकारी एवं डिएसपी माधव प्रसाद बुडाथाकीले जानकारी दिए । डिएसपी बुडाथोकीले भने सामान्य वादविवाद मात्र भएको दाबी गरे । 

यता मन्त्री सिंहले प्रतिनिधिसभाका सांसद अमरेश सिंह पक्षका केही मानिसले आफुखुसी मतदानस्थल कब्जा गर्न खोजेको आरोप लगाएका छन् ।  आफुलाई मतदान स्थलमा प्रवेश समेत नदिएको उनले बताए ।  आक्रमणबाट आफुसँगै गएका एक जना सहयोगीको हात भाचिएको र पिएसओको टाउकोमा चाेट लागेकाे उनकाे दाबी छ ।  

निर्वाचन प्रकृया अगाडि बढउन नपाएको बलरा नगारपालिका-९ को अधिवेशन स्थगित भएको जिल्ला निर्वाचन अधिकृत भरत राउतले जानकारी दिए । जिल्लाका एक दर्जन वडामा सर्वसहमतिको अवस्था नभएपछि मतदानको प्रकृया सुरु गरिएको र अन्य स्थानमा शान्तिपूर्ण ढंगले अधिवेशन भइरहेको मतदान अधिकृत राउतले बताए । 

प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह प्रधानमन्त्री एवं पार्टीका सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । सर्लाहीमा लामो समयदेखि जिल्ला सभापति नागेन्द्र कुमार राय र संस्थापन ईतर पक्षका पूर्व जिल्ला सभापति लक्ष्मण रायबीच टकराब छ । जिल्ला अधिवेशनका दुबै नेता जिल्ला सभापतिको उमेद्वार छन् । 

images
प्रकाशित मिति :मंसिर १२, २०७८ आइतवार - २०:१०:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology