Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भीम रावलले बन्दसत्र स्थल नछोड्ने, खाना पनि बाहिरबाटै प्याक गरेर लगिने

भीम रावलले बन्दसत्र स्थल नछोड्ने, खाना पनि बाहिरबाटै प्याक गरेर लगिने

images

इच्छाकामना न्युज

१२, मंसिर २०७८
भीम रावलले बन्दसत्र स्थल नछोड्ने, खाना पनि बाहिरबाटै प्याक गरेर लगिने
images

काठमाडौं, १२ मंसिर । नेकपा एमालेको १०औं महाधिवेशनको बन्दसत्र स्थल उपाध्यक्ष भीम रावलले नछोड्ने बताएका छन् । रावलले नेतृत्व विधान विपरीत जानसक्ने भन्दै बन्दसत्र स्थल नछोड्ने बताएका हुन् ।

आइतबार बिहान १० बजेका लागि बोलाइएको बन्दसत्र यो समाचार तयार पार्दासम्म बेलुकीको सवा ६ बज्दासम्म सञ्चालन हुन सकेको छ । एमाले स्रोतका अनुसार बेलुकी ७ बजेबाट बन्दसत्र सुरु हुने छ ।

अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व चयन गर्ने जिम्मेवारी दिएको थियो । अध्यक्ष ओली बिहानैदेखि आफू निकटका नेताहरूसँग सर्वसम्मत नेतृत्व चयनका विषयमा छलफल गरिरहेका छन् ।

उता अध्यक्षमा उम्मेदवारी घोषणा गरेका नेता रावलले जे पनि हुनसक्ने भन्दै बन्दसत्र स्थलमै रहने बताएका छन् । उनका लागि सचिवालयले बाहिरबाट खाना प्याक गरेर लैजाने भएको छ ।

images
प्रकाशित मिति :मंसिर १२, २०७८ आइतवार - २०:०७:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology