Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको गायिका रचना रिमालसँग वान साइड लभ परेपछि...

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको गायिका रचना रिमालसँग वान साइड लभ परेपछि...

इच्छाकामना न्युज

११, मंसिर २०७८
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको गायिका रचना रिमालसँग वान साइड लभ परेपछि...
images

झापा, ११ मंसिर । प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले गायिका रचना रिमाललाई वान साइड लभ गरेको बताएर आफू नेपाली गीतसंगीतलाई माया गर्ने व्यक्ति रहेको जानकारी दिएका छन् ।

images
images

झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा  इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले  ज्येष्ठ नागरिकका लागि निर्माण गरेको डे केयर भवनको उद्घाटन तथा सांस्कृतिक कार्यक्रममा शनिबार मुख्यमन्त्री राईले गायिका रचनाको गायिकी क्षमता र वाक् शैलीप्रति आफू वान साइड लभमा परेको बताएका हुन् ।

’झापाकी गायिका रचना रिमालप्रति म वान साइड लभमा छु’, उनले भने,  ’उनको गायिकी क्षमताको प्रेममा परेको हुँ ।’

रचनाको जबाफ दिने शैलीको तारिफ गर्दै मुख्यमन्त्री राईले भने, ’अन्तर्वार्ता लिँदा तपाईं कसलाई मन पराउनु हुन्छ भनेर सोध्दा रचनाले म तपाईंलाई मन पराउँछु भनेर जबाफ दिन्छिन् ।’

नेपाली गीतसंगीतप्रति चासो र चिन्ता रहेको बताउँदै उनले विभिन्न कलाकारकाे क्षमताबारे बताए ।

गायक प्रेमराजा महतले ’पानको पात’ बोलको गीत गाउँदा नायिका रिमालसहित गायक प्रमोद खरेल, नायिकाद्वय केकी अधिकारी र वर्षा राउत, शंकर विसीलगायत कलाकारसँग मुख्यमन्त्री राई नाचेका थिए ।

images
प्रकाशित मिति :मंसिर ११, २०७८ शनिवार - १९:२०:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology