Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपालले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै 

नेपालले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै 

एजेन्सी

२, मंसिर २०७७
नेपालले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै 
images

नेपाली राष्ट्रिय फुटबल टिमले आज मंगलबार दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। ढाकास्थित बंगबन्धु रंगशालामा हुने नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार अपरान्ह ४ः४५ बजे सुरु हुनेछ। 
पहिलो खेलमा पराजित भएको नेपाल दोस्रो खेलमा जित निकाल्दै मैत्रीपूर्णको सुखद अन्त्य गर्न चाहन्छ ।शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २–० ले पराजित भएको थियो। नेपाल त्यस हारको बदला समेत लिन चाहन्छ। 
नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने बताउनुभएको छ । बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न चाहन्छ। नेपालविरुद्धको दोस्रो खेलमा मुख्य प्रशिक्षक जेमी डे उपस्थित हुने छैनन्। कोरोना देखिएपछि उनी सेल्फ आईसोलेसनमा रहेका छन्। 
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो। कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ। 
अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ। नेपालले सबै अवे र एक होम खेल खेलिसकेको छ।

images
images

images
प्रकाशित मिति :मंसिर २, २०७७ मंगलवार - १०:२१:०९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology