Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अमेरिकी मोडेर्नाले विकास गरेको खोप ९५ प्रतिशत प्रभावकारी 

अमेरिकी मोडेर्नाले विकास गरेको खोप ९५ प्रतिशत प्रभावकारी 

एजेन्सी

२, मंसिर २०७७
अमेरिकी मोडेर्नाले विकास गरेको खोप ९५ प्रतिशत प्रभावकारी 
images

अमेरिकी कम्पनी मोडेर्नाले विकास गरेको खोप, कोरोना भाइरस (कोभिड–१९) विरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको प्रारम्भिक नतिजाले देखाएको छ। कम्पनीले हिजो सोमबार सार्वजनिक गरेको तथ्यांकले खोपको माध्यमबाट कोरोना महामारी नियन्त्रण हुने आशा बढाएको बीबीसीले लेखेको छ।
यसअघि अर्को अमेरिकी कम्पनी फाइजरले पनि आफूले विकास गरिरहेको खोप कोरोनाविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको दाबी गरेको थियो। रुसले विकास गरेको कोरोना खोप ‘स्पुतनिक भी’ पनि कोरोना भाइरसविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको दाबी गरिएको थियो। 
दमोडेर्ना कम्पनीले सोमबार आफ्नो कोरोना खोपको परीक्षणका नतिजा सार्वजनिक गर्न पाउनु निकै ठूलो खुसीको दिन भएको बताएको छ। साथै अबको केही सातामै नियामकसमक्ष यो खोपको अनुमोदनका लागि आवेदन दिने बताएको छ।
यद्यपि कम्पनीले अहिले सार्वजनिक गरेको तथ्यांक प्रारम्भिक तथ्यांक हो। र केही महत्वपूर्ण प्रश्नको उत्तर भने आउन बाँकी रहेको खबरमा उल्लेख छ। मोडेर्नाले आफ्नो खोपको तेस्रो चरणको परीक्षणको क्रममा ३० हजार मानिसहरुमा परीक्षण गरेको थियो। 

images
images

images
प्रकाशित मिति :मंसिर २, २०७७ मंगलवार - १०:१९:१४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology