Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एमाले महाधिवेशन : २२ सय सुरक्षाकर्मी परिचालन, १४ पार्किङस्थल, दुई एआईजी चितवनमा

एमाले महाधिवेशन : २२ सय सुरक्षाकर्मी परिचालन, १४ पार्किङस्थल, दुई एआईजी चितवनमा

images

इच्छाकामना न्युज

१०, मंसिर २०७८
एमाले महाधिवेशन : २२ सय सुरक्षाकर्मी परिचालन, १४ पार्किङस्थल, दुई एआईजी चितवनमा
images

चितवन, १० मंसिर । नेकपा (एमाले)को दशौँ महाधिवेशन सुरक्षाका लागि २२ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सुरक्षाको कमाण्ड सम्हालेका नेपाल प्रहरीका अतिरिक्त महारीक्षक (एआईजी) सहकुल थापाले नेपाल प्रहरी र सशस्त्र गरी २२ सय सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । उनकाअनुसार नारायणी किनारको उद्घाटन समारोह र सौराहको बन्दसत्र समारोहस्थल केन्द्रित सुरक्षा योजना लागू गरिएको छ ।

महाधिवेशनअन्तर्गत १४ वटा पार्किङ स्थलको व्यवस्था गरिएको छ । ‘ट्राफिक म्यानेजमेन्टदेखि सबै राम्रो व्यवस्था गरेका छौं,’ उनले भने, ‘आपटारी, बसपार्क, गैडाकोटलगायत भेगअनुसार १४ वटा ठाउँ तोकिएको छ ।’

छिमेकी जिल्लाबाट पनि जनशक्ति ल्याइएको उनले बताए । उनकाअनुसार नवलपरासी, तालिम केन्द्र, बुटवल दंगा लगायत वरपरका छिमेकी जिल्लाबाट झिकाएको छ । ‘आउने विदेशी तथा स्वदेशी पाहुनाको पनि स्कर्टिङदेखि लिएर आवश्शकताअनुसार प्रटोकोलअनुसार हामी सबै सुरक्षा व्यवस्था गरेका छौं,’ एआईजी थापाले भने, ‘भीडमा पनि ठाउँ ठाउँमा पीकेटिङको व्यवस्था छ । दर्शकको व्यवस्था छ । रिजर्व अफ पोइन्ट, कर्डेनहरु राखेका छौं । विमानस्थलमा कर्डन छ । उहाँहरुको स्यवंसेवक छ । विभिन्न कर्डेनहरु परिचालित छ ।’ उनकाअनुसार सशस्त्र प्रहरी ६ सय जति परिचालित छ । सशस्त्रका एआईजी पुष्पराम केसीले चितवनबाट कमाण्ड गरिरहेका छन् ।

images
प्रकाशित मिति :मंसिर १०, २०७८ शुक्रवार - ०९:०२:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology