Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एमाले महाधिवेशनको सुरक्षा कमाण्ड सम्हाल्दै एआइजी र दुई डिआइजी

एमाले महाधिवेशनको सुरक्षा कमाण्ड सम्हाल्दै एआइजी र दुई डिआइजी

images

इच्छाकामना न्युज

९, मंसिर २०७८
एमाले महाधिवेशनको सुरक्षा कमाण्ड सम्हाल्दै एआइजी र दुई डिआइजी
images

चितवन, ९ मंसिर ।भोलिदेखि चितवनमा सुरु हुने नेकपा एमालेको १० औं महाधिवेशनको सुरक्षा कमाण्ड एआइजी र दुई डिआइजीको कमाण्डमा हुने भएको छ ।

एआइजी सहकुल थापा, डिआइजी प्रकाशजङ्ग कार्की र दिवेश लोहनीको कमाण्डमा महाधिवेशनको सुरक्षा व्यवस्था मिलाइने भएको हो ।

चितवनका प्रहरी प्रमुख ओम अधिकारीका अनुसार उहाँहरु आज नै चितवन आउनु हुने छ । डिआइजी लोहनीले गण्डकी प्रदेश अन्तर्गत गैंडाकोट क्षेत्रको सुरक्षा कमाण्ड समाहल्ने जनाइएको छ ।

महाधिवेशन लक्षित सुरक्षा योजना निर्माण भएको भन्दै अधिकारीले तयारी पूरा भएको फिल्डमा खटिनमात्र बाँकी रहेको जानकारी दिनुभयो ।

‘आजदेखि भिआइपीको मुभमेन्ट हुन्छ । प्रधानमन्त्री लगायतका शिर्ष तहाका नेताहरु आउने भएका कारणले पनि भिआइपीको सुरक्षाका लागि विशेष टिम तयार गरेका छौं’ उहाँले भन्नुभयो ।
भिआइपी बस्ने ठाउँ र महाधिवेशन स्थललाई विशेष निगरानीमा राखिने उहाँले बताउनुभयो । जिल्लामा महाधिवेशन लक्षित १५ सय सुरक्षाकर्मी परिचालन गरिँदै छ ।

यसबाहेक सादा पोसाकका र राष्ट्रिय अनुसन्धानका प्रहरीहरु परिचालन हुनेछन् ।

images
प्रकाशित मिति :मंसिर ९, २०७८ बिहिवार - ०९:२६:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology