Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

नेपाली कांग्रेस चितवनको क्षेत्र नं. २ को सभापतिमा भरत प्रसाद लामिछाने निर्वाचित

नेपाली कांग्रेस चितवनको क्षेत्र नं. २ को सभापतिमा भरत प्रसाद लामिछाने निर्वाचित

images

इच्छाकामना न्युज

७, मंसिर २०७८
नेपाली कांग्रेस चितवनको क्षेत्र नं. २ को सभापतिमा भरत प्रसाद लामिछाने निर्वाचित
images

चितवन, ७ मंसिर । नेपाली कांग्रेस चितवन क्षेत्र नं.२ को सभापतिमा भरतप्रसाद लामिछाने निर्वाचित भएका छन् । निकटतम प्रतिद्धन्द्धी लक्ष्मण गुरुङलाई ५८ मतको अन्तरले पराजित गर्दै लामिछाने सभापतिमा निर्वाचित भएका हुन् । लामिछानेले ५०३ मत प्राप्त गरे भने गुरुङले ४४५ मत प्राप्त गरे ।

यस्तै सचिवमा निर्मल कुमार राना र प्रल्हाद उप्रेती निर्वाचित भएका छन् । रानाले ४५५ र उप्रेतीले ४०६ मत प्राप्त गरे । अन्य प्रतिस्पर्धीहरु काशीराम गिरी (३६२), विकास पौडेल (३४९) र ध्रुवराज सुवेदी (१७७) मत प्राप्त गरे ।

यसैगरि सह–सचिवमा श्रृजना बसौला देवकोटा र कृष्णकुमारी पन्त निर्वाचित भएका छन् । पन्तले ३७८ र बसौलाले ३१२ मत प्राप्त गरे । भवानीदेवी अधिकारी (३०६), रामजी पौडेल (२९७), विष्णुहरि खनियाँ (१९१), इन्द्रबहादुर घलान (१२४) र महेन्द्र थापा मगर (११९) मत प्राप्त गरे ।

उद्योग वाणिज्य संघ, चितवन, नारायणगढमा भएको मतदानमा ९९४ जनाले मतदान थिए । यस निर्वाचन क्षेत्रमा १००४ जना मतदाता रहेका थिए ।

images
प्रकाशित मिति :मंसिर ७, २०७८ मंगलवार - २०:४३:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology