Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

नेपाली कांग्रेस चितवन क्षेत्र नं. २ बाट को–को भए महाधिवेशन प्रतिनिधिमा निर्वाचित (हेर्नुस् नामसहित)

नेपाली कांग्रेस चितवन क्षेत्र नं. २ बाट को–को भए महाधिवेशन प्रतिनिधिमा निर्वाचित (हेर्नुस् नामसहित)

images

इच्छाकामना न्युज

७, मंसिर २०७८
नेपाली कांग्रेस चितवन क्षेत्र नं. २ बाट को–को भए महाधिवेशन प्रतिनिधिमा निर्वाचित (हेर्नुस् नामसहित)
images

चितवन, ७ मंसिर । नेपाली कांग्रेस १४औं महाधिवशेन अन्तरगत सोमबार भएको क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिहरु चयन गरिएको छ । यस क्षेत्रबाट ४ महिलासहित १४ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

खुल्लातर्फ कांग्रेस चितवनका सचिव उत्तम जोशी सर्वाधिक मतका साथ विजयी भएका छन् । ६५१ मतका साथ पहिलो स्थानमा रहँदै जोशी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । यस्तै जिल्ला सभापति जीतनारायण श्रेष्ठ ५४२ मतका साथ दोस्रो स्थानमा रहँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

यस्तै महाधिवेशन प्रतिनिधिमा टंकनाथ पौडेल (४९८), राजेश्वर खनाल (४६४), केशव महर्जन (४०५), मिलनबाबु श्रेष्ठ (४०२), राजकुमार राजभण्डारी (३७८), देवेन्द्र गुरुङ (३७४), इश्वरीराज लौडारी (३४९) र प्रकाश अधिकारी (३४१) निर्वाचित भएका छन् । खुल्लातर्फ १० जनाका लागि ३२ जनाको उम्मेद्वारी परेको थियो ।

यस्तै महिलातर्फ सर्वाधिक ४८२ मतका साथ महिला अधिकारकर्मी मीना खरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन् । दोस्रो स्थानमा विनुरायमाझी पौडेल (४७६), तेस्रोमा गीताकुमारी गुरुङ (४५७) र चौथोमा निरु कार्की ३६८) मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । महिलातर्फ ४ जनाका लागि ११ जनाको उम्मेद्वारी परेको थियो ।

images
प्रकाशित मिति :मंसिर ७, २०७८ मंगलवार - ०८:४३:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology