Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कांग्रेस महाधिवेशन : तनहुँबाट जो सर्वसम्मत भइसके

कांग्रेस महाधिवेशन : तनहुँबाट जो सर्वसम्मत भइसके

images

इच्छाकामना न्युज

६, मंसिर २०७८
कांग्रेस महाधिवेशन : तनहुँबाट जो सर्वसम्मत भइसके
images

तनहुँ, ६ मंसिर । नेपाली कांग्रेस तनहुँको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन अगावै केही पदमा भने निर्विरोध नेतृत्व चयन भइसकेकाे छ । आइतबार उम्मेदवारी दर्ताको बेलामै केही पदाधिकारी निर्वारोध चयन भएका छन् ।  आवश्यक संख्याभन्दा बढीको उम्मेदवारी नपरेपछि उनीहरू निर्वारोध निर्वाचित भएका हुन्  ।

क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिको महिला सदस्य खस आर्यमा कल्पना भकुण्डी, दलित सदस्यमा लक्ष्मी परियार, मुस्लिम, अल्पसंख्यक, अपांग सदस्यमा प्रकाश राउत सर्वसम्मत निर्वाचित भएका छन् । प्रदेश सभा (क) महिला सदस्यमा मधु दमाई, अन्य सदस्यमा पविन्द्र भट्टराई, जमिर हुसेन, प्रदेश सभा (ख) महिला सदस्यमा इन्द्रमाया थापा मगर, अन्य सदस्यमा गोविन्द गिरी र रामभक्त भट्टराई सर्वसम्मत भएका हुन् । 

महाधिवेशन प्रतिनिधिमा खस आर्य महिलामा पवित्रादेवी पौडेल सर्वसम्मत भएकी छन् । उनी जिल्ला समन्वय समिति तनहुँकी उपप्रमुख पनि हुन् । यीबाहेक अरु पदमा मतदान जारी छ । क्षेत्र नम्बर १ मा ९५४ जना मतदाता छन् ।

क्षेत्र नम्बर २ मा सदस्यमा प्रत्यक्ष महिलातर्फ कुमारी राना, मुस्लिम, अल्पसंख्यक तथा अपांगतर्फ सौरभ कोइराला सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै, प्रदेश सभा (ख) महिला सदस्यमा याममाया थापा, अन्य सदस्यमा रामबहादुर राना र बुद्धीमान राना निर्विरोध भएका छन् । यो क्षेत्रमा ८६१ जना मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।

 

images
प्रकाशित मिति :मंसिर ६, २०७८ सोमवार - १८:४४:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology