Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

फेवाताल किनारमा एकाबिहानै आगलागी, पाँच रेष्टुरेण्ट जलेर नष्ट

फेवाताल किनारमा एकाबिहानै आगलागी, पाँच रेष्टुरेण्ट जलेर नष्ट

images

इच्छाकामना न्युज

६, मंसिर २०७८
फेवाताल किनारमा एकाबिहानै आगलागी, पाँच रेष्टुरेण्ट जलेर नष्ट
images

पोखरा, ६ मंसिर । पोखराको फेवाताल किनारमा आगलागी भएको छ । ताल किनारमा रहेका रेष्टुरेण्ट आगलागी हुँदा पाँचवटा रेष्टुरेण्ट जलेर नष्ट भएका छन् । ‘पाँच वटा रेष्टुरेण्ट पूर्ण रुपमा जलेका छन् । डेढ करोड भन्दा बढी क्षति देखिन्छ,’ बैदामकी प्रहरी प्रमुख डीएसपी चिनिमाया तामाङले भनिन्, ‘अझै क्षतिको विवरण पूरा आएको छैन । थपिन सक्छ ।’

आगो भने नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । ‘आगलागीको कारण खुलेको छैन ।  

साेमबार बिहान ३ बजेदेखि आगो लाग्न सुरु भएको स्थानीयले बताएका छन् । करिब ६ बजे मात्रै आगो नियन्त्रणमा आएको थियो । विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । यद्यपी कारण खुल्न सकेकाे छैन ।

images
प्रकाशित मिति :मंसिर ६, २०७८ सोमवार - ०९:३७:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology