Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सातौ ‘खिचरा महोत्सव–२०७८’ पुस ३० देखि माघ १० गतेसम्म हुने

सातौ ‘खिचरा महोत्सव–२०७८’ पुस ३० देखि माघ १० गतेसम्म हुने

images

इच्छाकामना न्युज

६, मंसिर २०७८
सातौ  ‘खिचरा महोत्सव–२०७८’ पुस ३० देखि माघ १० गतेसम्म हुने
images

चितवन, ६ मंसिर । कोरोना भाइरस महामारीका कारण रोकिदै आएको ‘खिचरा महोत्सव’ यसवर्ष हुने भएको छ ।

थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ को आयोजनामा पुस ३० देखि माघ १० गतेसम्म ‘खिचरा महोत्सव–२०७८’ हुन लागेको हो । कात्तिक २५ गते बसेको बैठकबाट महोत्सव आयोजना गर्ने निर्णय भएको सचिव दीपनारायण राउतले जानकारी दिए । महोत्सवको विषयमा शनिबार वृहत छलफल समेत गरिएको थियो । सो छलफलबाट पुस ३०–माघ १० मा महोत्सव गर्ने निर्णय गरिएको हो ।

कोरोना संक्रमण अझै नरोकिएकाले यसपटकको महोत्सवलाई व्यवस्थित र सुरक्षित रुपमा संचालन गर्ने तयारी भइरहेको सचिव राउतले जानकारी दिए । थारु समुदायको नयाँ वर्षको रुपमा माघी (खिचरा) पर्वलाई लक्षित गरि विगत ८ वर्षदेखि खिचरा महोत्सव हुँदै आएको छ । सुल्तान चौरबाट सुरु भएको महोत्सव पछिल्लो समय खैरहनी चौर हुँदै जबकौली चौरमा हुँदै आएको छ ।

यस महोत्सवमा विभिन्न व्यापारिक स्टलका साथै थारु परिकार र पहिरनका स्टलहरु रहनेछन् । यस्तै बाल उद्यानलगायतका परिसरहरु समेत रहने छन् ।

images
प्रकाशित मिति :मंसिर ६, २०७८ सोमवार - ०८:४३:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology