Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

बैतडी जन्ती जीप दुर्घटना : मृतकको संख्या ६ पुग्यो, चालककाे पनि मृत्यु

बैतडी जन्ती जीप दुर्घटना : मृतकको संख्या ६ पुग्यो, चालककाे पनि मृत्यु

images

इच्छाकामना न्युज

६, मंसिर २०७८
बैतडी जन्ती जीप दुर्घटना : मृतकको संख्या ६ पुग्यो, चालककाे पनि मृत्यु
images

बैतडी, ६ मंसिर । बैतडीमा जन्ती बोकेको जिी दुर्घटना हुँदा ज्यान गुमाउनेकाे संख्या ६ पुगेको छ । बैतडीको दशरथचन्द नगरपालिका-२ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायल जाँदै गरेको म १ ज ३१० नम्बरको जीप आइतबार राति दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा परेको थियाे ।

दुर्घटनामा परी गम्भीर घाइते भएका जिप चालक डडेल्धुराका ४० वर्षीय दीपक मालीको उपचारका लागि धनगढी लैजाँदै गर्दा आइतबार राति बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । उनको शव धनगढीस्थित सेती प्रादेशिक अस्पताल राखिएको छ ।

जीपमा सवारमध्ये पाँच जनाको भने घटनास्थलमै मृत्यु भएको थियो । दशरथचन्द नगरपालिका ६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्कीको घटनास्थलमै मृत्यु भएको प्रवक्ता खड्काले बताए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । 

दुर्घटनामा परेर दशरथचन्द नगरपालिका ६ का ४८ वर्षीय हर्कबहादुर चन्द गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ । 

images
प्रकाशित मिति :मंसिर ६, २०७८ सोमवार - ०८:१७:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology