Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

श्रीमतीको हत्या आरोपी दुई वर्षपछि पक्राउ

श्रीमतीको हत्या आरोपी दुई वर्षपछि पक्राउ

न्युज कारखाना

५, मंसिर २०७८
श्रीमतीको हत्या आरोपी दुई वर्षपछि पक्राउ
images

सुधा देव, सप्तरी, ५ मंसिर । बोदे बरसाइन नगरपालिका–५ जाँजरका २५ वर्षीय लुकमान मियाँ श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् । दाइजोमा मोटरसाइकल र नगद नदिएको भन्दै विष खुवाएर पत्नीकाे हत्या गरेको आरोपमा लुकमान आइतबार पक्राउ परेका हुन् । 

images
images

लुकमानसहित परिवारका सदस्यहरू मिलेर २ फागुन ०७६ मा २२ वर्षीया रोशन खातुनलाई विष खुवाएर हत्या गरेको आरोप छ । घटनाकाे बिषयमा मृतकका बुबा जहिरुदिनले इलाका प्रहरी कार्यालय कडरबोनामा जाहेरी दिएका थिए । प्रहरीले जाहेरी दर्ता नगरेपछि जहिरुदिनले उच्च अदालत जनकपुर, राजविराज इजलासमा मुद्दा दायर गरेका थिए ।

उच्च अदालतले २९ मंसिर ०७७ मा लुकमानलाई पक्राउ गर्ने परमादेश दिएकाे थियाे । जाहेरीअनुसार लुकमानकी आमा (मृतककी सासु) ४५ वर्षीया सकिना खातुन, सोही ठाउँका ५५ वर्षीय कलिमुल्ला मियाँ, ४७ वर्षीय सरिमुल्ला मियाँ, महादेवा गाउँपालिका–४ का ३२ वर्षीय हजरत मियाँ र सोही ठाउँकी २७ वर्षीया हमिदा खातुन र २९ वर्षीया रेशमा खातुन पनि हत्यामा संलग्न रहेको आराेप छ । तर, उनीहरूलाई प्रहरीले पक्राउ गर्न अनाकानी गर्दै आएको मृतकका भाइ मोहम्द फिरोजले आरोप लगाए।

३० मंसिर ०७६ मा लुकमानसँग बहिनी (रोशन खातुन)को विवाह भएपछि ससुराली पक्षले दाईजोको निहुँमा पटक पटक धम्की दिँदै आएको फिरोजले बताए । उनले भने,´दाइजो नदिएपछि  बहिनीलाई कुटपिट गर्दै विष खुवाएर मारे ।' 

बहिनीलाई दाइजो माग्दै कुटपिट गरेको मोबाइल सबै सुनेको फिराेजले बताए ।उनले भने, ´त्यो रेकर्ड हामीसँग सुरक्षित छ। हामी न्यायको आशामा छाैं । विष खुवाएपछि गम्भीर बनेकी बहिनीको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।'

इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक विरेन्द्र पासवानले अदालतको पत्रअनुसार लुकमानलाई पक्राउ गरी मुद्दा दर्ता गरेको बताए । उनले भने,´घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको छ।`

images
प्रकाशित मिति :मंसिर ५, २०७८ आइतवार - १८:२८:५३ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology