Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चितवनमा घट्यो यस्तो घटनाः श्रीमती कुवेतमा पसिना बगाउने, श्रीमान् नेपालमा पैसा र तरुनी उडाउने

चितवनमा घट्यो यस्तो घटनाः श्रीमती कुवेतमा पसिना बगाउने, श्रीमान् नेपालमा पैसा र तरुनी उडाउने

इच्छाकामना न्युज

४, मंसिर २०७८
चितवनमा घट्यो यस्तो घटनाः श्रीमती कुवेतमा पसिना बगाउने, श्रीमान् नेपालमा पैसा र तरुनी उडाउने

चितवन, ४ मंसिर । वैदेशिक रोजगारीमा कुवेत गएकी ३७ वर्षीय पातलीमाया चितवन फर्किएसँगै समस्यामा पर्नुभएको छ । विसं २०७३ सालमा पहिलोपटक दुई वर्ष कुवेत गएर नेपाल फर्किनुभएकी पातलीमाया वाइबा नेपाल फर्किदा नत घरमा श्रीमान् भेटिए नत आफूले कमाएको पैसा नै देख्न पाउनुभयो ।

images

उहाँ झनै झनै समस्यामा पर्दै जानुभयो । उहाँले भन्नुभयो, ‘मैले कुवेतमा पाँच लाख रुपैयाँ कमाएर पठाएको थिएँ । बुढाले सबै पैसा हिनामिना गरे । घरमा आउँदा छिमेकी नेवार थरकी महिला लिएर भागेछन् । छोराछोरी अलपत्र परेछन् । घर पूरै हिनामिना भएछ ।’ पातलीमाया फेरि विदेश फर्किनु नै पर्ने बाध्यता प¥यो तीन महिना बसेर विदेश फर्किएपछि झण्डै दुई वर्षमा गत असोज २३ गते नेपाल फर्किनुभयो । घरलाई केही व्यवस्थित गरेर विदेश जानुभएकी उहाँ घरको चिन्ताले सन्तोषको श्वास फेर्न पाउनुभएन ।

पातलीमायाको स्थायी ठेगना भरतपुर महानगरपालिका–१६ लालचोक हो । उहाँको दुई छोरा र दुई छोरी छन् । सामान्य फर्निचर पसल गरेर बसेका उनीहरु घरलाई अझ बढी व्यवस्थित गर्ने आशमा पातलीमायालाई वैदेशिक रोजगारीमा पठाउने निधो गरे । पातलीमायालाई श्रीमान् लालध्वज वाइवाले विदेश पठाउनको लागि पासपोर्टलगायत सबै कागजपत्र बनाइदिए । सबै कागजपत्र बनाएपछि भारतको दिल्लीसम्म पुगेर उनलाई कुबेत उडाएर नेपाल फर्किएका थिए ।

सर्लाहीमा माइती भएकी पातली मायाले १३ वर्षको उमेरमा नै परिवारको स्वीकृति बिनानै लालध्वजसँग प्रेम विवाह गर्नुभएको थियो । श्रीमान् नागरिकता सहित बेपत्ता हुँदा अहिले विवाह दर्तासम्म गर्न पाउनुभएको छैन भने घरघडेरी पनि आफ्नो नाममा दर्ता गर्न पाउनु भएको छैन । उहाँ अहिले पारीवारिक र सामाजिकरुपमा समस्यामा पर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘श्रीमान् आएर सुकुमबासीको रुपमा पाएको ६ धुर घडेरी मेरो वा छोराहरुको नाममा गरिदिए हुने । प्रहरीमा उजुरी दिँदा पनि विदेशमा भएकोले उजुरी गर्न ढिला भयो । प्रहरीले कुनै रेस्पोन्स गरेन । अर्काे महिलासँग विवाह गरेर भागेको पनि खासै केही प्रमाण जुटाउन सकिन । श्रीमान्लाई खोज्न जाउँ कता जाउँ झनै अन्योलमा परेको छु । श्रीमान्ले पटकपटक फोनको सिम परिवर्तन गर्दा खासै राम्रोसँग अहिले सञ्चार सम्पर्क पनि गर्न भएको छैन ।’

पातलीमायाले श्रीमान् लालध्वजलाई फोन गरेर घडेरी पास गरिदिन अनुरोध गर्दा नटेरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चितवन आएर घडेरी पास गर्देऊ भन्दा दुवै श्रीमतीसँगै मिलेर बस्ने भएमात्र आउँछु भन्छन् । मैले विदेशमा कमाएको पैसा पनि हिनामिना भयो । जताततैबाट समस्यामा परेको छु ।’ 

भरतपुर महानगरपालिका–१६, लालचोक नै बस्ने भुवन परियारलाई पनि त्यस्तै समस्या छ । तीन वर्षको छोरा लिएर आफन्तको घरमा काठमाडौँ गएकी २१ वर्षीय श्रीमती संगीता परियार काठमाडौँमा नै बेपत्ता हुँदा भुवनलाई छोरा हुर्काउने समस्या परेको छ । कात्तिक १ गते काठमाडौँ गएकी संगीताले कात्तिक ८ गते छोरालाई गाडी चढाएर कसैसँग चितवन पठाइदिइन् ।

भुवनले भन्नुभयो, ‘घरमा बुबाआमा कोही हुनुहुन्न । दुई दिदी र एक बहिनीको विवाह भइसकेको छ । बच्चा हेर्ने मानिस नहुँदा समस्यामा परेको छु ।’ तनहुँको डुम्रेका स्थायी बासिन्दा उहाँ श्रीमती संगीता फर्कने आशमा पर्खिरहेका छन् । अहिले भुवन र पातलीमायाले भोगेका समस्या प्रतिनिधि घटनाहरु मात्र हुन् । समाजमा बढ्दो पारीवारिक विखण्डनले धेरैलाई समस्यामा पारेको छ भने बालबालिका पनि टुहुरो बन्दै छन् । नारायणी अनलाईनबाट

images
प्रकाशित मिति :मंसिर ४, २०७८ शनिवार - २१:३०:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology