दमौली, ३० कार्तिक । नेकपा एमालेका नेता एवं गन्डकी प्रदेश सभाका सांसद रामबहादुर गुरुङले महाधिवेशन प्रतिनिधिमा चयन नहुँदैमा पार्टीबाट बिचलित नहुने प्रष्ट पारेका छन् । केही सन्चार माध्यममा सांसद गुरुङलाई लक्षित गर्दै पार्टीमा बस्ने की नबस्नेबारे सोच्न बाध्य हुने भन्ने खालको समाचार प्रकाशित भएपछि उनले मंगलबार सामाजिक सन्जालमा लामो स्टटाटस लेख्दै महाधिवेशन प्रतिनिधि छनौट नहुँदैमा पार्टीबाट बिचलित नहुने प्रष्ट पारेका छन् ।
गुरुङले फेसबुक स्टाटसमा नेकपा (एमाले) अहिले पार्टीको महान पर्व १० औं राष्ट्रिय महाधिवेशन सफल पार्न व्यापक रुपमा तयारीमा जुटेको छ र पार्टीको निर्देशन अनुसार कार्तिक २७ गते देशप्यापी रुपमा महाधिवेशन प्रतिनिधि चयन गर्ने कार्य सम्पन्न भएको छ भन्दै तनहुँ क्षेत्र नम्बर १ जुन आफ्नै क्षेत्र पनि हो, त्यही क्षेत्र अन्तरगत प्रदेशको आफु निर्वाचित सांसद पनि भएको जनाएका छन् ।
तनहुँमा पार्टीलाई बलियो बनाउन आफु अहोरात्र खटिरहेको सर्बबिधितै रहेको र आफ्नो योग्यता, क्षमता र सामर्थ्यले भ्याएसम्म रातदिन नभनि पार्टी निर्माणमा जुटेको भन्दै उनले प्रत्येक कार्यकर्तालाइ भेटेर उर्जा दिने काममा कुनै कसर बाँकी नराखेको जनाएका छन् । तनहूँ क्षेत्र नम्बर १ का जनताप्रति आफ्नो अथाह माया रहेको र आफुले गर्न सक्ने सेवा सम्पुर्ण रुपले गरेकै छु भन्दै गुरुङले विकास निर्माणमा भरपुर ध्यान दिएको हुनाले पनि जनताको आफु प्रति अटल विश्वास र माया र कार्यकर्ताको उत्तिकै सद्भाव र भरोसा रहेको जनाएका छन् ।
सांसद गुरुङले ‘आन्तरिक प्रतिस्पर्धालाई आत्मसात गर्न नसक्ने केही व्यक्तिको कुत्सित मानसिकताका कारण हामीले नै गरेको विश्वासलाइ तिरस्कार गर्दै बिश्वास घात गरि म प्रति गरेको अन्यायपुर्ण कदमको मैले बिरोध गरेको हुँ, यस खालको हर्कतले मलाई मात्रै होईन सिंगो क्षेत्र र आम कार्यकर्तामाथि कै अपमान भएको महसुस भएको छ ।’ भनेका छन् । गुरुङले ‘म मेरो पार्टी नेकपा (एमाले) प्रति दृढ छु, यो पार्टी जनताको पार्टी हो, पार्टीको एक सिपाही हुनुको नाताले निरन्तर योगदान गरि नै रहने छु, यस घटनालाइ लिएर कोही पनि कार्यकर्ता बिचलित नहुन अनुरोध गर्दछु किनकी म हरेक परिस्थितिमा तपाईंहरुकै साथमा रहने छु । साथै पार्टीमा न्याय हुन्छ भन्नेमा पनि पुर्ण रुपमा विश्वस्त छु ।’ उल्लेख गरेका छन् ।
केही दिन अघि नेकपा एमाले तनहूँ क्षेत्र नम्बर १ को महाधिवेशन प्रतिनिधि छनौट गर्ने क्रममा सर्वसम्मतको नाममा एमालेका केही नेताले प्रदेश सांसद गुरुङलाई महाधिवेशन प्रतिनिधि बन्नबाट रोक लगाएका थिए । लोकवाणी अनलाईनबाट