Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इलाममा चक्कु प्रहार गरी भाईले गरे दाईको हत्या

इलाममा चक्कु प्रहार गरी भाईले गरे दाईको हत्या

न्युज कारखाना

३०, कार्तिक २०७८
इलाममा चक्कु प्रहार गरी भाईले गरे दाईको हत्या
images

इलाम, ३० कात्तिक । इलामको सन्दकपुर गाउँपालिका-१ चापगैरीमा भाइले दाजुको हत्या गरेका छन् ।

images
images

भाइ चक्र मुखियाले चक्कु प्रहार गरेर दाजु इच्छा मुखियाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए । घटना साेमबार साँझ पौने ६ बजे भएकाे हाे  ।

काका मानबहादुर मुखियाको घरमा मदिरा सेवनको क्रममा विवाद हुँदा भाइले दाजुलाई चक्कु प्रहार गरेकाे प्रहरीकाे दाबी छ । चक्कु प्रहार गरेर दाजुकाे हत्या गरेकाे आराेपमा प्रहरीले चक्रलाई प्रहरीले चक्कुसहित नियन्त्रणमा लिएको छ ।

images
प्रकाशित मिति :कार्तिक ३०, २०७८ मंगलवार - ०९:३८:०५ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology