गोरखा, ३० कार्तिक ।गोरखामा बिरामी लिन गएकाे एम्बुलेन्स बिच बाटाेमै दुर्घटनामा परेकाे छ । आज मंगलबार बिहान गोरखा सदरमुकामकाे ठुलो आँगनबाट सतिपिपल तर्फ बिरामी लिन जाँदै गरेको ग १ च २४०६ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो ।
एम्बुलेन्स जिल्ला अस्पतालकाे रहेकाे खुलेकाे छ ।
एम्बुलेन्स सडक छेउमा रहेको टेलिकमको तार टाँगिएको पोलमा ठोक्किएको हो । पोल भने भाँचिएको छ । चालक सम्पर्कमा नरहेको र अन्य मानबिय क्षती केही नभएको ट्राफिक प्रहरीले जनाएको छ ।