चितवनमा,३० कार्तिक । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण बिहानैदेखि यात्रुले सास्ती पाएका छन् । देशभर बन्दको प्रभाव परेका छन् ।
सवारी साधनहरु कम मात्रा चल्दा यात्रुहरुलाई गन्तव्य सम्म पुग्न समस्या भएका छन् । यसैबिच चितवनमा पनि बन्दको प्रभाव परेको छ । विहानैदेखि सवारी साधनहरु निकै कम मात्रामा चलेका छन् । बन्दको प्रभाव कम गर्न ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ ।