Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अवैध लागुऔषध सहित गोरखा शहिद लखनका मनिष श्रेष्ठ विराटनगरमा पक्राउ

अवैध लागुऔषध सहित गोरखा शहिद लखनका मनिष श्रेष्ठ विराटनगरमा पक्राउ

इच्छाकामना न्युज

२९, कार्तिक २०७८
अवैध लागुऔषध सहित गोरखा शहिद लखनका मनिष श्रेष्ठ विराटनगरमा पक्राउ
images

मोरङ २९, कात्तिक । गोरखाका २२ बर्षका युवक अबैध लागू औषध सहित पक्राउ गरेको छ । गोरखा शहिद लखन गाउँपालिकाका मनिष श्रेष्ठ लागु औषध सहित मोरङको बिराटनगरबाट पक्राउ परेका छन् । बिराटनगर महानगरपालिका १६ दरैयाबाट श्रेष्ठलाई प्रहरीले नियन्त्रित लागूऔषध २८४ ट्याब्लेट नाईट्राभेट, ७७ एम्पुल डाईजेपाम, ७७ एम्पुल लुपिजेसिक र २३ एम्पुल एभिल सहित पक्राउ गरेको जनाएको छ ।

images
images

शहिद गाउँपालिका ७ बस्ने २२ वर्षीय श्रेष्ठलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।भारतबाट नेपालतर्फ आउँदै गरेका श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

उनलाई लागु औषध सम्वन्धी मुद्वा दर्ता गरी थप अनुसन्धान भई रहेको बिराटनगर प्रहरीले जनाएको छ ।

भूलसूधारः उल्लेखित समाचारको शीर्षकमा मनिष श्रेष्ठ हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएको छ। –सम्पादक

images
प्रकाशित मिति :कार्तिक २९, २०७८ सोमवार - २२:०४:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology