Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तिहारमा गुलियो र चिल्लो भन्दा भाइमसला स्वास्थ्यका लागि लाभदायक

तिहारमा गुलियो र चिल्लो भन्दा भाइमसला स्वास्थ्यका लागि लाभदायक

इच्छाकामना न्युज

३०, कार्तिक २०७७
तिहारमा गुलियो र चिल्लो भन्दा भाइमसला स्वास्थ्यका लागि लाभदायक
images

काठमाडौं, ३० कार्तिक । नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारमा बन्ने अधिकांश परिकारहरुमा चिल्लो र गुलियोको मात्रा धेरै हुन्छ । गुलियो र चिल्लो धेरै खानु स्वास्थ्यको दृष्टिले राम्रो मानिदैन । त्यस्तै एकैपटक धेरै पकाएर पटकपटक खानाले चाडपर्बमा फुड पोइजनको जोखिम हुने पोषण बिज्ञहरु बताउँछन् ।

images
images

सेलरोटी पनि धेरैदिन राखेर पटकपटक तताएर खानु स्वास्थ्यका लागि अस्वस्थ्य मानिन्छ । सेल, अनरसा, मिठाईं सबैमा चिनी प्रयोग गरिएको हुन्छ । चिनी गुलियो हुन्छ, त्यसैले धेरैलाई मन पनि पर्छ । यद्यपि स्वास्थ्यका दृष्टिकोणले धेरै गुलियो खानु स्वास्थ्यलाई राम्रो मानिँदैन ।

खाली पेटमा सेलरोटी र मिठाई खानुहुँदैन ।सेलरोटी पकाएर धेरै दिन राखेर पटकपटक तताएर खानुपनि हानिकारक मानिन्छ । सेलरोटी मिठाइ कम र फलफूल, सागपात बढी खाने पानी प्रशस्त पिउनु पर्छ ।

मिठाइ, सेल, चिल्लो गुलियो भन्दा तिहारको समयमा प्रयोग हुने भाइमसला स्वास्थ्यका लागि राम्रो मानिन्छ । काजु, किसमिस, बदाम, ओखरलगायत स्वास्थ्यका लागि फाइदाजनक हुन्छन । अत्यधिक सेलरोटी र मिठाईको सट्टामा भाइमसला खानु उपयुक्त मानिन्छ ।

images
प्रकाशित मिति :कार्तिक ३०, २०७७ आइतवार - १०:००:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology