Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

पार्टीमा बिचलन आएको भन्दै बाम बुद्धिजिवी प्रेम रिमालद्वारा माओवादी केन्द्र परित्याग

पार्टीमा बिचलन आएको भन्दै बाम बुद्धिजिवी प्रेम रिमालद्वारा माओवादी केन्द्र परित्याग

इच्छाकामना न्युज

२७, कार्तिक २०७८
पार्टीमा बिचलन आएको भन्दै बाम बुद्धिजिवी प्रेम रिमालद्वारा माओवादी केन्द्र परित्याग

चितवन, २७ कात्तिक । चितवनका बाम बुद्धिजिवी प्रेम रिमालले माओवादी केन्द्र परित्याग गरेका छन । आज (शनिवार) फेसबुकमा स्टाटस लेखेर उनले माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका हुन् । उनि पछिल्लो समय माओवादी केन्दमा आबद्ध थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिने उनि पेशाले शिक्षक हुन । चितवनमा रिमालले स्कूल संचालन गरिरहेका छन ।

images

प्रचण्डलाई निर्वाचनमा विजयी गराउन उनकै नेतृत्वमा बुद्धिजिवीहरुले अभियान संचालन गरेका थिए । रिमालले प्रचण्डको पक्षमा विभिन्न क्षेत्रमा भाषण समेत गर्दै हिडेका थिए । तर पार्टीमा दार्शनिक, राजनीतिक र सांस्कृतिक रुपमा बिचलन आएका कारण परित्याग गरेको बताएका छन ।

‘म निष्ठावानका साथ जिवन विताइरहेको मान्छे हु, म आजिवन कम्युनिष्ट विचार बोकेर हिड्ने मानिस हुँ,तर आजदेखि कुनैपनि पार्टीमा आवद्ध छैन’,उनले भने । नेपालका कम्युनिष्ट पार्टीले न्यूनतम आचरण पनि पालना नगरेको उनको आरोप छ । उनले माआवादी केन्द्र परित्याग गर्नुको अर्थ एमाले वा काँग्रेस प्रवेश गर्छ भनेर नबुझ्न अनुरोध गरे । उनले आफु जिवनभर कम्युनिष्ट रहने समेत उद्घोष गरेका छन ।

१० बर्ष जनयुद्ध लडेको पार्टी माओवादीले समेत जनताका मुद्धा र कम्युनिष्टको विचार परित्याग गरेको उनको भनाई छ । उनले जनताको पक्षमा हुने आन्दोलनमा यसअघि पनि नेतृत्वदायी भूमिका खेलेको र आगामी दिनमा पनि जारी राख्ने बताए ।

images
प्रकाशित मिति :कार्तिक २७, २०७८ शनिवार - २२:०२:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology