Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवनमा कांग्रेसको अधिवेशन हुने स्थान तोकियो (कहाँ–कहाँ हुदैछ हेर्नुस्)

चितवनमा कांग्रेसको अधिवेशन हुने स्थान तोकियो (कहाँ–कहाँ हुदैछ हेर्नुस्)

images

इच्छाकामना न्युज

२७, कार्तिक २०७८
चितवनमा कांग्रेसको अधिवेशन हुने स्थान तोकियो (कहाँ–कहाँ हुदैछ हेर्नुस्)
images

चितवन, २७ कात्तिक । नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत यही मंसिर १० गते हुने जिल्ला अधिबेशन प्रदेश र क्षेत्रीय अधिबेशनका लागि स्थान तय गरेको छ ।

शनिबार बसको काँग्रेस जिल्ला कार्यसमिति, नगर सभापति, प्रदेश सभापति, क्षेत्रीय सभापति र निर्वाचन अधिकृत सहितको बैठले प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र र जिल्लाको अधिबेशन स्थल तय गरेको हो । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले १४ औं महाधिबेशन अन्तर्गत जिल्ला अधिबेशनका लागि वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको अडिटेरीयम हललाई तय गरेको छ ।

काँग्रेस चितवनका सचिव उत्तम जोशीका अनुसार प्रदेश सभा निर्वाचन क्षेत्रका लागि क्षेत्र नम्बर १(क)का लागि खैरहनी नगरपालिका वडा नम्बर ९ मा रहेको पुन समाजको भवन, १ (ख)का लागि होटल सेभेन स्टार, २ (क)का लागि उद्योग वाणिज्य संघ चितवन, २ (ख)का लागि भरतपुर महानगरपालिका वडा नम्बर ४ यज्ञपुरीमा रहेको संगोल पार्टी प्यालेस, ३(क)का लागि शहिदस्मृति कलेज शारदानगर, ३(ख)का लागि सत्कार पार्टीप्यालेस पार्बतीपूर तय गरिएको छ । प्रदेश निर्वाचन क्षेत्र अन्तर्गतको निर्वाचन मंसिर ३ गते हुँदै छ ।

यस्तै संघीय निर्वाचन क्षेत्रको निर्वाचन मंसिर ६ गते हुने जोशीले जानकारी दिनुभयो । मंसिर ६ गते हुने निर्वाचनका लागि क्षेत्र नम्बर १ का लागि होटल स्टार बैंङक्वेट टाँडी, २ का लागि उद्योग वाणिज्य संघ चितवन र ३ का लागि शहिदस्मृति कलेज शारदानगर तोकिएको छ । बैठकले जिल्लामा हुने सबै अधिबेशनलाई शान्त, र भड्किलो नगर्न सबैमा आग्रह गरेको छ । बैठकमा तीनै तहको निर्वाचनका लागि एक दिन अघि मनोेनयन दर्ता गर्नका लागि आव्हान समेत गरेको उहाँले जानकारी दिनुभयो ।

निर्वाचन तालिका भने निर्वाचन समितिले जारी गर्ने छ । जिल्लामा हुने निर्वाचनका लागि यस अघि सम्पन्न वडा अधिबेशनबाट निर्वाचित २ हजार ८ सय भन्दा बढी क्षेत्रीय प्रतिनिधिहरु सहभागी हुने काँग्रेस चितवनले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक २७, २०७८ शनिवार - २१:५६:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology