Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जुम्लामा भलिबल प्रतियोगिता : महिलातर्फको उपाधि तातोपानी गाउँपालिकालाई

जुम्लामा भलिबल प्रतियोगिता : महिलातर्फको उपाधि तातोपानी गाउँपालिकालाई

न्युज कारखाना

२७, कार्तिक २०७८
जुम्लामा भलिबल प्रतियोगिता : महिलातर्फको उपाधि तातोपानी गाउँपालिकालाई
images

दिलमाया शाही, जुम्ला, २७ कात्तिक । जुम्लामा यही २५ गतेदेखि सुरु भएको जिल्ला स्तरीय महिला पुरुष भलिबल प्रतियोगिता सकिएको छ । महिलातर्फको उपाधि तातोपानी गाउँपालिकाको टिमले जितेको  छ । उक्त प्रतियोगितामा महिलातर्फ बाट चार टिमको सहभागिता रहेको थियो । महिलातर्फबाट द्वितीय गुठीचौर गाउँपालिकाको टिम भएको छ ।

images
images

त्यस्तै पुरुषतर्फ पातारासी गाउँपालिकाको टिमले हात पारेको छ । गुठीचौर गाउँपालिकाको वडा नम्बर ५ त्रिभुवन मावि झारज्वलामा जिल्ला स्तरीय तीन दिने भलिबल प्रतियोगिता भएको थियो । पुरुषतर्फ तिला गाउँपालिका द्वितीय भएको छ । मुख्यमन्त्री कपका लागि जिल्लामा महिला र पुरुषको टोली छनोट गरिएको थियो ।

पुरुष भलिबलमा पातारासी गाउँपालिकाले जिते पनि मुख्यमन्त्री कपमा ६ वटै पालिकाबाट खेलाडी छनोट गरिने जिल्ला खेलकुद विकास समितिले जुम्लाले जनाएको छ । प्रथम हुने टिमले ५० हजार नगद, मेडल र प्रमाणपत्र हात पारेका छन् ।

द्वितीय टिमले ३५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका जिल्ला खेलकुद विकास समिति जुम्लाकी सदस्य सचिव संगीता आचार्यले बताइन् ।

खेलका सर्वोत्कृष्ट पुरुषतर्फका खेलाडी पातारासीका हर्क बुढा र महिलातर्फकी तातोपानी गाउँपालिकाकी देवकी देवकोटालाई प्रमाण पत्रसहित सम्मान गरिएको छ । 

images
प्रकाशित मिति :कार्तिक २७, २०७८ शनिवार - २०:२७:५९ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology