Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

माओवादी केन्द्र सर्लाहीको सह सचिव उठ्ने युवा नेता एसपी गौरबको घोषणा

माओवादी केन्द्र सर्लाहीको सह सचिव उठ्ने युवा नेता एसपी गौरबको घोषणा

इच्छाकामना न्युज

२७, कार्तिक २०७८
माओवादी केन्द्र सर्लाहीको सह सचिव उठ्ने युवा नेता एसपी गौरबको घोषणा

सर्लाही, २७ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को जिल्ला समन्वय समिति सर्लाहीको सह सचिवका लागि युवा नेता शंखर पहाडी क. गौरबले आफ्नो उम्मेदवारी रहने घोषणा गर्नु भएको छ ।

images

नेकपा(माओवादी) शान्तीपुर्ण राजनितिमा आएपछि सानै उमेरबाट राजनितिमा होमिनु भएका क. गौरबले विद्यालयहरुमा विभिन्न ईकाई कमिटिको नेतृत्व सम्हाल्दै २०६३ सालमा तत्कालीन नेकपा(माओवादी)को लाम्पन्टार गाविस पार्टी सचिव, विभिन्न समयमा विद्यार्थीको जिल्ला कमिटि, पार्टीको पार्टी कमिटिका साथै पत्रकार संगठनको प्रदेश २ को प्रदेश कमिटिमा समेत रहेर आफ्नो पदिय मर्यादा पालना गरि सक्नु भएका क. गौरबले अब हुने नेकपा (माओवादी केन्द्र)को अधिवेशनमा सके सर्व सहमतीमा नसके निर्वाचन प्रक्रियाबाट भएपनि नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को जिल्ला समन्वय समिति सर्लाहीको सह सचिवमा आफु लड्ने बताउनु भयो ।

आफले पार्टीमा करिब १५ वर्ष लगानी गरि सकेको र अबको देशको राजनिति युवा विना असम्भव रहेको साथै युवालाई नेतृत्व नदिने हो भने नेपालको राजनितिमा ठुलो उथलपुथल आउने उहाँले बताउनु भयो । इच्छाकामना न्युजसंग कुरा गर्दै उहाँले आफुहरु जतिको युवा नेतृत्व गर्न सक्षम युवा रहेको बताउँदै पार्टीको नीतिमा युवालाई प्राथमिकता भन्ने र बुढो गोरुले गाई थामे झैँ थामेर बुढा नेताहरु बसि रहने हो भने आफुहरु जस्ता युवाहरु त्यस्तो पार्टीमा रहि रहनुको अर्थपनि नहुने बताउनु भयो ।

उहाँले पहिला पनि आफुले पार्टीका कुनै नेताको झोला नबोकेको र अब पनि पार्टीका नेताको झोला नबोक्ने तर पार्टीको नीति र शिद्धान्तलाई सधैँ आत्मासात गरि रहने पनि बताउनु भयो ।

लामो समय पार्टीमा लाग्दा पनि नेता किन बन्न सक्नु भएन् ? भन्ने इच्छाकामना न्युजको प्रश्नमा उहाँले “ आफुले पार्टीको सिद्धान्त मानेको तर नेताको झोला नबोकेका कारण माथि जान नसकेको गुनासो गर्नु भयो ।” साथै माथि जानकै लागि पार्टीका कुनै पनि नेताको झोला नबोक्ने, लडेर पाए जिम्मेवारी लिने र लिएको जिम्मेवारी सफलताका साथ पुरा गर्ने पनि उहाँले बताउनु भयो । 

पार्टीका जस्तोसुकै कार्यक्रम र निर्णयलाई जनता माझ पुगाउने र पार्टी बलियो बनाउने अभियानमा आफु सदैव लागि रहेको बताउँदै युवा नेता क. गौरबले नेकपा(माओवादी केन्द्र)को नीति र नेकपा(माओवादी केन्द्र)ले गरेका गतिविधि जनता माझमा पुरयाउनु अहिलेको आवश्यकता रहेको र त्यो काम युवाबाट मात्र सम्भव रहेको बताउनु भयो ।

images
प्रकाशित मिति :कार्तिक २७, २०७८ शनिवार - ०९:५८:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology