Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भीम विक हत्या मुद्दाका दुवै आरोपी पूर्पक्षका लागि थुनामा

भीम विक हत्या मुद्दाका दुवै आरोपी पूर्पक्षका लागि थुनामा

images

इच्छाकामना न्युज

२६, कार्तिक २०७८
भीम विक हत्या मुद्दाका दुवै आरोपी पूर्पक्षका लागि थुनामा
images

कुलप्रसाद काफ्ले, चितवन, २६ कात्तिक । भरतपुर महानगरपालिका–४ दुर्गाचोकमा स्थानीय ५८ वर्षका भीमबहादुर विकको मृत्यु सम्बन्धमा चितवन अदालतले शुक्रबार थुनछेक आदेश सुनाएको छ । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले दिएको आदेशअनुसार हत्या घटनाका आरोपित दुवै जना पूर्पक्षका लागि थुनामा गएका छन् ।

आवेश प्रेरित हत्या भनी अभियोग लगाइएकोमा दुवै जना थुनामा गएका हुन् । २८ असोज बिहीबार दुर्गाचोकमा स्थानीय ३७ वर्षीय सीताराम बस्नेत र ३६ वर्षीय दिलीप श्रेष्ठले कुटपिट गरेको भनी मृतकका छोरा किसान विकले प्रहरीमा जाहेरी दिएका थिए । यही आरोपमा श्रेष्ठ र बस्नेत थुनामा गएका हुन् । 

भरतपुर–४ स्थित दुर्गाचोकमा रहेको मन्दिरमा दसैंका बेला बोका चढाउने विषयमा भीमबहादुरले सोधखोज गर्दा गालीगलौज र कुटपिट भएको मृतकको परिवारको आरोप छ । आरोपितहरूलाई सोही दिन नै नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान थालेको थियो । 

पोष्टमार्टम रिर्पोटमा उल्लेख भएअनुसार हेड इन्जुरी अर्थात टाउकोमा लागेको चोटका कारण खुलाइएको चितवन प्रहरी प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले बताए ।

परिवारले अझै पनि शव बुझेको छैन । भीमबहादुर विकको मृत्युसम्बन्धमा जाँचबुझका लागि मानव अधिकार आयोग, दलित आयोग र विभिन्न सामाजिक संघसंस्थाको टोली चितवन आएको थियो । 

images
प्रकाशित मिति :कार्तिक २६, २०७८ शुक्रवार - १३:२०:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology