Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेपाल परिवार दल गोरखाको अध्यक्ष पुनः रविन्द्रजंग थापा निर्वाचित 

नेपाल परिवार दल गोरखाको अध्यक्ष पुनः रविन्द्रजंग थापा निर्वाचित 

images

इच्छाकामना न्युज

२३, कार्तिक २०७८
नेपाल परिवार दल गोरखाको अध्यक्ष पुनः रविन्द्रजंग थापा निर्वाचित 
images

गोरखा, २३ कात्तिक । नेपाल परिवार दल गोरखाको अध्यक्ष पुनः रबिन्द्रजंग थापा सर्वसम्मत निर्वाचित हुनु भएको छ । गोरखा  सदरमुकाममा आज सम्पन्न भएको जिल्लाको दोस्रो अधिबेशनले थापालाई पुनः सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । 

अधिबेशनले पार्टीको जिल्ला उपाध्यक्षमा प्रेम खड्का, सचिवमा प्रेम बिश्व, कोषाध्यक्षमा शिवदेवी पोखरेललाई चयन गरेको नवनिर्वाचित अध्यक्ष थापाले जानकारी दिए । त्यस्तै अधिबेशनबाट पार्टी जिल्ला कमिटी सदस्यहरुमा सुशिल कुमाल, मनिष रोका, सरोज थापा, चित्रबहादुर कुमाल र कोपिला थापा निर्वाचित हुनुभएको उहाँले बताए । 

पार्टीको जिल्ला कमिटी ३२ सदस्सीय हुने भएपनि बाँकी पदाधिकारी र सदस्यहरु भने पहिलो बैठकबाट मनोनित गर्ने प्रावधान रहेको उनले बताए। नवनिर्वाचित अध्यक्ष थापाले आफ्नो पहिलो प्राथामिकता जिल्लाका ११ स्थानीय र ९४ वटै वडामा पाटी संगठन बिस्तार गर्ने बताए। उनले छिट्टै हुन लागेको स्थानीय तह, प्रदेश र संघको निर्वाचनलाई समेत मध्यनजर गर्दै सगठन सुदृढिकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

images
प्रकाशित मिति :कार्तिक २३, २०७८ मंगलवार - १९:४७:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology