Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

म्हः पूजाको तयारी गर्दै गर्दा ललितपुरमा घट्यो ठुलो दुर्घटना, ४ जनाको मृत्यु

म्हः पूजाको तयारी गर्दै गर्दा ललितपुरमा घट्यो ठुलो दुर्घटना, ४ जनाको मृत्यु

images

इच्छाकामना न्युज

१९, कार्तिक २०७८
म्हः पूजाको तयारी गर्दै गर्दा ललितपुरमा घट्यो ठुलो दुर्घटना, ४ जनाको मृत्यु
images

काठमाडौं, १९ कार्तिक । आज साँझ खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा ललितपुरमा चार जनाको मृत्यु भएको छ।

ललितपुर महानगरपालिका-१२ स्थित चक्रबहिलमा साँझ ६:४५ बजे भएको उक्त दुर्घटनामा परी अन्य दुई जना घाइते भएको ललिपुरकी एसएसपी किरण बज्रचार्यले जानकारी दिएकी छन्।

उनका अनुसार घरको तेस्रो तलामा सिलिण्डर पड्किएको थियो। सिलिण्डर के कारणले पड्कियो भन्ने खुलिनसकेको एसएसपी बज्रचार्यले बताइन्।

मृत्यु भएकामध्ये ६५ वर्षीय लक्ष्मीप्रसाद ताम्राकारको मात्र पहिचान खुलेको उनले जानकारी दिइन्। म्ह: पूजाको तयारी गर्दै गर्दा उक्त दुर्घटना भएको बताइएको छ।

images
प्रकाशित मिति :कार्तिक १९, २०७८ शुक्रवार - २१:५०:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology