यतिबेला देशभर हिन्दु धर्मावलम्वीहरुले मनाउने दोस्रो ठुलो चाड तिहारको रौनक चलिरहेको छ। यो चाड नेपालका हिन्दु समुदायले मात्र नभै अन्य गैरहिन्दु समुदायले पनि रौनकता साथ रमाईलो गरेर मनाउने गरिन्छ। तिहार भन्ने वित्तिकै सबैले सम्झने भनेको देउसीभैलो, भाईटिका, लक्ष्मी पूजा खानपान लगायत भन्ने सम्झिन्छन्।
त्यसो त तिहारमा पटाकाहरु पड्काउने पनि गरिन्छ। तर तिहारको मुखमा देशभरका विभिन्न जिल्ला प्रशासनले भने धमाधम सूचना निकाल्दै त्यसो नगर्न विभिन्न निर्देशनहरु दिन थालेका छन्। अधिकांश प्रशासनको निर्देशन राती ९ बजेपछि देउसीभैलो नखेल्नु, पटाकाहरु, नपड्काउनु, जुवाकौडा तास नखेल्नु भन्ने देखिन्छ।
तिहारमा जुवाकौडा तास खेल्नु पर्वका नाममा भएका विकृती होलान् पटाकाहरु पड्काउदा शान्ति सुरक्षामा खलल पुग्ला मान्न सकिन्छ। तर तिहारको मुख्य विशेषता भनेको रौनकता ल्याउने भनेको देउसीभैलो हो। तर यहि देउसी भैलो खेल्नमै प्रशासनले लगाम लगाउन खोज्नु भनेको प्रशासनको लाचारीपन हो।
आजदेखि हैन सदियौदेखि तिहारमा रौनकताका साथ रातभर देउसीभैलो खेल्ने चलन चलिआएको छ। यो हिन्दुहरुको संस्कृति हो र नेपालीहरुको पहिचान पनि हो। यसमाथि लगाम लगाउन खोजेर प्रशासनले आफ्नो लाचारीपन देखाईरहेको छ। भन्ने नै हो भने यो संस्कृति माथिको आक्रमण पनि हो।
यसरी नै जानि हो भने भोलीको दिनमा यसको रौनकता नै हराएर देउसी भैलो नै लोप हुने अवस्था पुग्न पनि सक्छ। नागरिकलाई शान्ति सुरक्षा प्रदान गरि ढुक्कले आफ्नो संस्कृति मनाउन दिनुपर्नेमा त्यसमा लगाम लगाउने काम कदापी सही हैन। त्यसैले प्रसाशनले यो कुरामा ध्यान पु¥याओस्।
सबैमा तिहारको शुभकामना ।