Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चितवनमा अवरुद्ध भएको ३६ घण्टापछि बल्ल बिजुली आपूर्ती सुरु

चितवनमा अवरुद्ध भएको ३६ घण्टापछि बल्ल बिजुली आपूर्ती सुरु

इच्छाकामना न्युज

१८, कार्तिक २०७८
चितवनमा अवरुद्ध भएको ३६ घण्टापछि बल्ल बिजुली आपूर्ती सुरु

चितवन, १८ कार्तिक । चितवनको भरतपुर क्षेत्रमा ३६ घण्टापछि विद्युत आपूर्ति सुरु भएको छ । सबस्टेसनमा समस्या आउँदा भरतपुर क्षेत्रमा मंगलबार दिउँसोदेखि विद्युत आपूर्ति बन्द रहेको थियो । प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएकोमा आज बिहान ४ बजेदेखि विद्युत आपूति सुरु भएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरणकेन्द्रले जनाएको छ ।

images

नेपाल विद्युत प्राधिकण भरतपुर वितरण केन्द्रका प्रमुख राजिव कुमार सिंहका अनुसार ट्रान्सफर्मर मर्मतको काम सकेर विद्युत सुरु गरिएको हो । भरतपुरमा औधोगिक फिडर बाहेकका सबै क्षेत्रमा विद्युत सूचारु रहेको उहाँले बताउनुभयो । यसैबीच भरतपुर क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या परेपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि चितवन पुगेका थिए । तिहारको समयमा बिजुली नबलेपछि सबस्टेसनको अवस्थाबारे जानकारी दिन उनी त्यहाँ पुगेका हुन् ।

images
प्रकाशित मिति :कार्तिक १८, २०७८ बिहिवार - ०९:१७:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology