Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

तिहारमा जिल्ला प्रशासन चितवनले दियो यस्तो निर्देशनः राति ९ बजेपछि देउसीभैलो नखेल्नु

तिहारमा जिल्ला प्रशासन चितवनले दियो यस्तो निर्देशनः राति ९ बजेपछि देउसीभैलो नखेल्नु

images

इच्छाकामना न्युज

१८, कार्तिक २०७८
तिहारमा जिल्ला प्रशासन चितवनले दियो यस्तो निर्देशनः राति ९ बजेपछि देउसीभैलो नखेल्नु
images

चितवन, १८ कार्तिक । चितवन प्रशासनले तिहारको बेला राति ९ बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ । बुधबार एक सूचना जारी गर्दै प्रशासनले कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको अवस्थामा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न समेत आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङद्वारा जारी सूचनामा देउँसीभैलोलगायतका परम्परागत साँस्कृतिक कार्यक्रम राति ९ बजेसम्म स्थानीय रुपमा सीमित संख्यामा सहभागी भई स्वास्थ्य मापदण्डको पालना गरेर खेल्न आग्रह गरिएको छ ।

समाजमा अशान्ति फैलाउने किसिमका आतिसबाजी, पटका पड्काउने, सो को अवैध बेचबिखन गर्ने, विष्फोटक पदार्थ आयात एवं बिक्री वितरण गर्ने कार्य पनि प्रशासनले निषेध गरेको छ । मूल्यवृद्धि र कालोबजारी नगर्न, मदिराजन्य पदार्थको सेवन गरी होहल्ला गर्ने कार्य नगर्न पनि प्रशासनले सम्बद्ध सबैमा अनुरोध गरेको छ । कानुन विपरितका क्रियाकलाप भए गरेको पाइए नजिकैको प्रहरी कार्यालयमा उजुरी गर्न समेत प्रशासनले अनुरोध गरेको छ ।

चाडपर्व मनाउँदा सरकारले तोके बमोजिम तथा जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञामा उल्लेख भए बमोजिमका मापदण्डको पालना गर्न पनि प्रशासनले अपिल गरेको छ ।

images
प्रकाशित मिति :कार्तिक १८, २०७८ बिहिवार - ०९:१३:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology