Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

महिलाहरुलाई जवरजस्ती यौनधन्दामा लगाएको आरोपमा तनहुँ आँबुखैरेनीका अर्जुन पन्त र गोरखा घ्याल्चोकका विराज राना पोखराबाट पक्राउ

महिलाहरुलाई जवरजस्ती यौनधन्दामा लगाएको आरोपमा तनहुँ आँबुखैरेनीका अर्जुन पन्त र गोरखा घ्याल्चोकका विराज राना पोखराबाट पक्राउ

इच्छाकामना न्युज

१७, कार्तिक २०७८
महिलाहरुलाई जवरजस्ती यौनधन्दामा लगाएको आरोपमा तनहुँ आँबुखैरेनीका अर्जुन पन्त र गोरखा घ्याल्चोकका विराज राना पोखराबाट पक्राउ
images

पोखरा, १७ कार्तिक ।  कास्कीको पोखरा महानगरपालिका वडा नं. ८ जाल्पारोडस्थित संगीना खाजा घरका सञ्चालकहरू पक्राउ परेका छन् ।

images
images

पक्राउ पर्नेमा तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नं. २ घर भइ पोखरा ८ जाल्पारोडका बस्ने २६ वर्षीय अर्जुन पन्त र गोरखाको गण्डकी गाउँपालिका वडानं. ७ घ्यालचोक घर भई पोखरा १४ चाउथे बस्ने २४ वर्षीय विराज राना मगर छन् ।

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

महिलाहरूलाई ललाई फकाई प्रलोभनमा पारी तथा डर त्राससमेत देखाई बाध्य पारी यौन शोषण गर्न लगाएको आरोपमा कास्की प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरुमाथि मंगलबार राति एक महिलालाई जबरजस्ती मोटरसाइकलमा राखेर लैजाँदै गरेको अभियोग पनि छ ।

होटलमा महिलाहरूलाई बाध्य पारी यौन शोषण गर्न लगाउने गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सोमबार राति ९ बजे पक्राउ गरिएको डिएसपी हमालले बताए ।

उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक १७, २०७८ बुधवार - १८:१७:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology