Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना ४ को डाडाँबारी सोराथोक टोलमा नेपाली कांग्रेसको टोल कमिटी गठन, सभापतिमा रमेश सदाशंकर चयन

इच्छाकामना ४ को डाडाँबारी सोराथोक टोलमा नेपाली कांग्रेसको टोल कमिटी गठन, सभापतिमा रमेश सदाशंकर चयन

images

इच्छाकामना न्युज

१६, कार्तिक २०७८
इच्छाकामना ४ को डाडाँबारी सोराथोक टोलमा नेपाली कांग्रेसको टोल कमिटी गठन, सभापतिमा रमेश सदाशंकर चयन
images

कुरिनटार, १६ कार्तिक । नेपाली कांग्रेस इच्छाकामना ४ को डाडाँबारी सोराथोक टोल कमिटीको सभापतिमा रमेश सदाशंकर चयन हुनुभएको छ । आज भएको टोलभेलाले सदाशंकरको नेतृत्वमा २१ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।

यसैबिच डाडाँबारी सोराथोक टोलको महिला सभापतिमा विष्णुमाया चेपाङ चयन हुनुको छ । चेपाङको नेतृत्वमा २३ सदस्यीय टोल कमिटी समिति चयन गरिएको हो ।

नेपाली कांग्रेस इच्छाकमनाका पार्टी सभापति तथा गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठको प्रमुख आतिथि तथा वडा नम्बर ४ का पार्टी सभापति राजेन्द्रदेव त्रिपाठीको सभापतित्वमा भेला सम्पन्न भएको हो । उक्त भेलामा गाउँपालिका प्रवक्ता सावित्री गुरुङ, वडानम्बर ४ का वडाध्यक्ष मुक्तिनाथ सिलवाल, तरुण दल इच्छाकामनाका सभापति होम बहादुर सिलवाल (जीवन) लगायतको आतिथ्य रहेका थिए ।

नोपली कांग्रेस इच्छाकामना ४ को ७ टोल मध्ये आज डाडाँबारी सोराथोक टोल भेला सम्पन्न भएको हो । साथै विभिन्न पार्टी परित्याग गरि १७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । टोलभेलाको अवसरमा नेकपा एमाले र माओवादी केन्द्रका १७ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।

images
प्रकाशित मिति :कार्तिक १६, २०७८ मंगलवार - २२:४८:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology