चितवन, १५ कार्तिक । चितवनका वरिष्ठ पत्रकार विरेन्द्रमणी पौडेल एमालेमा प्रवेश गरेको छ । चितवनको भरतपुर स्थाई घर भै चितवनलाई पत्रकारिताको मुलथलो बनाई काम गर्दै आइरहेका वरिष्ठ पत्रकार पौडेल आज नेकपा एमालेमा प्रवेश गरेको हो ।
नेकपा एमाले भरतपुर महानगर कमिटीको भरतपुरमा आयोजित प्रथम अधिवेशन उद्घाटनको अबसरमा पौडेल एमालेमा प्रवेश गरेको हो । उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खादा लगाई पार्टीमा स्वागत गरेको थियो ।
करिब ३ दशकदेखि पत्रकारितामा संलग्न पौडेल चितवनबाट प्रकाशित नारायणी टुडे मासिक पत्रीकामा अध्यक्ष तथा प्रधान सम्पादक हुन् । सो कार्यक्रममा पार्टी प्रवेश पछि बोल्दै पत्रकार पौडेलले अब देशको बिकास, निकास र समृद्धि तथा परिवर्तन एमाले पार्टीबाट मात्र संभव भएको भन्दै एमाले बिना देश बिकासको कल्पना समेत गर्न नसकिने उनले बताए ।