Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सरकारको सहयोग नपाएको पुष्प व्यवसायीको गुनासो 

सरकारको सहयोग नपाएको पुष्प व्यवसायीको गुनासो 

images

सिआईएन

१४, कार्तिक २०७८
सरकारको सहयोग नपाएको पुष्प व्यवसायीको गुनासो 
images

सीता शर्मा, काठमाडौँ, १४ कार्तिक । नेपालमा पुष्प व्यवसाय फस्टाउँदै गए पनि सरकारको तर्फबाट अपेक्षा गरेजति सहयोग नपाएको व्यवसायीको गुनासो छ । फूलको व्यवसाय र बजार प्रवर्धनका लागि सरकारी तवरबाट आर्थिक, भौतिक तथा प्राविधिक सहयोगको माग उनीहरूको छ ।

फूलप्रतिरुचि राख्ने बढेसँगै फूलको व्यापार गर्नेहरू पनि बढेका छन् । पुष्प व्यवसायीहरूको संस्था फल्लोरी कल्चर एसोसियसनका अनुसार नेपालमा अहिले ४ सयभन्दा बढी प्रजातिका फूलउत्पादन हुन्छन् ।

झण्डै ८ सय किसान व्यावसायिक रुपमा फूल खेतीमा लागेका छन् । तर सरकारबाट सहयोग नपाइएको गुनासो पुष्प व्यवसायीहरूको छ । नेपालमा सरकारी तवरबाट फूलको अनुसन्धान र उत्पादनका लागि ललितपुरमा पुष्प विकास केन्द्र सञ्चालनमा छ ।

सातवटै प्रदेशमा पुष्प विकास केन्द्र भएमा व्यवसायीलाई राहत हुने फलोरिकल्चर एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङको भनाइ छ । ठूला सहरबाहेक गाउँघरमा पनि हिजोआज पुष्प व्यवसाय गर्ने लहर चलेको छ । सरकार पनि नेपालमा फूलको आयात प्रतिस्थापन गर्नेगरी लागिपरेको बताउनुहुन्छ अर्थमन्त्री जनार्दन शर्मा ।

फ्लोरिकल्चर एसोसिएसनका अनुसार बर्सेनि २० देखि २५ करोडको हाराहारीमा नेपालमा फूलको आयात हुने गरेको थियो । तर गत वर्ष मात्रै ३८ करोडको फूल आयात भएको छ ।

images
प्रकाशित मिति :कार्तिक १४, २०७८ आइतवार - ०९:१६:०१ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology