Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

पाटन अस्पतालले मृत्यु भएका गोरखा भिमसेन थापा गाउँपालिकाका युवकको शव साटिदिएपछि...

पाटन अस्पतालले मृत्यु भएका गोरखा भिमसेन थापा गाउँपालिकाका युवकको शव साटिदिएपछि...

images

इच्छाकामना न्युज

१३, कार्तिक २०७८
पाटन अस्पतालले मृत्यु भएका गोरखा भिमसेन थापा गाउँपालिकाका युवकको शव साटिदिएपछि...
images

गोरखा १३, कात्तिक । गोरखाको भीमसेन थापा गाउँपालिका–३ का एक युवकको शव अस्पतालमा साटिएपछि पाटन अस्पतालको गम्भीर लापरबाही खुलेको छ । शुक्रबार पाटन अस्पतालमा उपचारका लागि भर्ना हुनुभएका ३८ बर्षका केशव पाण्डेको शव सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएका ललितपुर ग्वार्कोका ८३ बर्षका मंगलराज मर्हजनको शवसंग साटिएपछि अस्पतालमा हंगामा भएको हो ।

मर्हजनको शव आफन्तले गएराती बुझेर अन्येष्टीका लागि लैजादै गर्दा शव बाहनमा दाहसस्कारका लागि गएका आफन्तले ग्वार्को पुगेपछि शवमा अर्कै नाम देखेपछि पुनः फर्काएर अस्पताल ल्याउन उक्त शव गोरखा पाण्डेको भएको पुष्टी भएको थियो । मृतकको शव जिम्मा लगाउने काममा समेत अस्पतालको चरम लापरबाही भएको भन्दै मृतक पाण्डेका आफन्तले अस्पताल प्रसासन बिरुद्ध चर्को नाराबाजी गर्दै माफी माग्न र दोषीलाई कारवाही माग गरेका थिए ।

250581144_409970204058702_47248031865690474_n.jpg

मृतकका आफन्तहरुले चर्को दबाब दिएपछि अस्पताल प्रसासनले कमजोरी स्विकार गर्दै दोषी माथि छानबिन गरि कारवाही गर्ने लिखित प्रतिबद्धता समेत जनाएको छ । अस्पतालमा प्रसासनले गरेको लिखित कागजमा घटनामा भएको कमजोरी अस्पतालको सूचनामा उल्लेख गर्ने समेत प्रतिबद्धता अस्पतालले गरेको छ ।

त्यस्तै मृतकका आफन्तलाई दोषी माथि गरिएको छानविनको जानकारी गराउने गरि अस्पताल प्रसासनका तर्फबाट प्रा.डा इमरान अन्सारीले हस्ताक्षर गर्नुभएको छ ।

images
प्रकाशित मिति :कार्तिक १३, २०७८ शनिवार - १९:३४:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology