Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

एमाले निकट उत्पीडित जातिय मुक्ति समाज इच्छाकामनाको अध्यक्षमा पुनः चन्द्र परियार चयन

एमाले निकट उत्पीडित जातिय मुक्ति समाज इच्छाकामनाको अध्यक्षमा पुनः चन्द्र परियार चयन

images

इच्छाकामना न्युज

१३, कार्तिक २०७८
एमाले निकट उत्पीडित जातिय मुक्ति समाज इच्छाकामनाको अध्यक्षमा पुनः चन्द्र परियार चयन
images

कुरिनटार,१३ कार्तिक । नेकपा एमाले निकट नेपाल उत्पीडित जातिय मुक्ति समाज इच्छाकामनाको अध्यक्षमा पुन : चन्द्र बहादुर परियार चयन हुनुभएको छ ।

शनिबार कुरिनटारमा सम्पन्न भेलाले नेकपा एमाले जिल्ला सदस्य समेत रहनुभएका परियारको नेतृत्वमा ३१ सदस्यीय कार्य समिति सर्वसम्मतले गठन गरिएको हो । भेलाले उपाध्यक्षमा सेतुलाल विक, सचिवमा कुमार सुनार,सह–सचिवमा सरिता परियार र कोषाध्यक्षमा सुकमाया भुसालालाई चयन गरिएको छ ।

251262752_846109786068434_3182443151296427435_n.jpg

नेपाल उत्पीडित जातिय मुक्ति समाजको केन्द्रिय सदस्य तथा नेकपा एमाले वागमती प्रदेश सदस्य सहदेव लक्रान्दिको प्रमुख आतिथ्यता भेला सम्पन्न भएको हो ।

भेलामा नेकपा एमाले इच्छाकामनाका इन्चार्ज दान बहादुर गुरुङ, इच्छाकामनाका अध्यक्ष कृष्ण सिलवाल, सचिव अन्जना अधिकारी लगायतको उपस्थिति रहेका थिए ।

images
प्रकाशित मिति :कार्तिक १३, २०७८ शनिवार - १८:५८:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology