Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आफ्नै श्रीमतीले यौनकाण्डमा फसाई आत्महत्या गर्न बाध्य पारेको भन्दै फेसबुकमा स्टाटस लेखेर पोखरा टेलिभिजनका पूर्वसिइओ बास्तोलाले गरे आत्महत्या

आफ्नै श्रीमतीले यौनकाण्डमा फसाई आत्महत्या गर्न बाध्य पारेको भन्दै फेसबुकमा स्टाटस लेखेर पोखरा टेलिभिजनका पूर्वसिइओ बास्तोलाले गरे आत्महत्या

नामै किटेर देहत्याग गरेपछि कास्की प्रहरी भन्छः अनुसन्धान हुन्छ

images

इच्छाकामना न्युज

१२, कार्तिक २०७८
आफ्नै श्रीमतीले यौनकाण्डमा फसाई आत्महत्या गर्न बाध्य पारेको भन्दै फेसबुकमा स्टाटस लेखेर पोखरा टेलिभिजनका पूर्वसिइओ बास्तोलाले गरे आत्महत्या
images

पोखरा, १२ कार्तिक । यौन काण्डमा फसाउन श्रीमतीसहित ९ जनाले षड्यन्त्र गरेको भन्दै पोखरा ११ निवासी श्री प्रसाद बास्तोलाले देहत्याग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुबास हमालका अनुसार शुक्रबार सबेरै फेसबुक स्टाटस लेखेर ३ बजे श्री झुण्डिएका थिए । बास्तोलाले श्रीमतीसहितका कारण आफूले यस्तो निर्णय लिन बाध्य भएको लेखेका छन् ।

बास्तोलले स्टाटसमा पोखरा ११ निवासी रविन्द्र बास्तोला, बिश्वराज बास्तोला, श्रीमती सृजना घिमिरे बास्तोला, उज्वल पुन मगर, अनिल गुरुङ, पोखरा १४ का अजय केसी बाग्लुङका बिन्दु मगर, पोखरा काँहुका हिम पौडेल नारायण, नरेश गुरुङको नामै किटेर उनीहरुले गम्भिर षड्यन्त्र गरेर फसाउन खोजेको भन्दै मर्न बाध्य भएको खुलस्त लेखेका छन् ।

जानकारका अनुसार दुई वर्ष अघि विश्वराज बास्तोला पोखरा ११ कै भाष्कर मेमोरियल एकेडमीमा पढ्ने एक छात्रालाई अनैतिक दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका थिए । पछि सोही घटनामा आफूलाई फसाउने षड्यन्त्र रचिएको भन्दै उनी पछिल्लो समय मानसिक रुपमा विक्षिप्त थिए । स्टाटसमा पनि यस घटनालाई उनले मिसाएका छन् ।

आफ्नै श्रीमति सिर्जनासहितले यौन भिडियो बनाई फसाउन लागेको उनको स्टाटसमा छ । उनले लेखेका छन्ः ‘हाल आएर माथि उल्लेखित ब्यक्तिहरुको षड्यन्त्रमा मेरी श्रीमतीले मेरो हस्ताक्षर गर्न लगाई झुक्याई खाली चेकमा रकम भरी फसाउने, भुक्तानी गरिएको लेनदेनको कागज नच्याती पेश गर्ने, श्रीमती सृजना बास्तोलाले मलाई नशालु पद्धार्थ खुवाई, अनिल गुरुङ र अजय केसीको सहयोगमा बिन्दु मगरले आफ्नो कोठामा बोलाई फसाउने उद्देश्य राखि यौन भिडियो बनाउने कार्य गरी मलाई फसाउन खोजेको सही साँचो हो ।’

उनले १५ वर्ष अघि आमाले भनेको नमान्दाको परिणाम भनेर स्टाटस सुरु गरेका छन् । परिवारको सहमतिबेगर सिर्जनासँग बिहे गरेकोतर्फ उनले ईंगित गरेको हुनसक्छ । आफ्नो पैतृक सम्पति, घर, खेत, जग्गा, सुनगहना, स्कूल सबै चैट्, आज आफै चैट् भनेर आफै मृत्यु रोजेको प्रष्टीकरण पनि दिएका छन् ।

लज्जा देख्नु भन्दा अस्ताउनु बेस भन्दै श्रीमती सृजनालाई छल कपटकी श्रीमती सृजना घिमिरे भनेका छन् । ऋणहरु प्रायः आफूले तिरेको र केही बाँकी रहे श्रीमतीसँगै माग्न पनि उनले भनेका छन् । किरिया कोहि नबस्न र लाश नजलाउन पनि अनुरोध गरेका छन् ।

प्रहरी भन्छः अनुसन्धान प्रक्रिया अघि बढ्छ

डिएसपी हमालका अनुसार बास्तोलाको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उनको स्टाटसबारे आफूलाई थाहा भएको र त्यहाँ उल्लेखित व्यक्तिहरुसँग सम्पर्क गरी अनुसन्धान प्रक्रिया अघि बढाइने उनले गण्डकन्यूजलाई बताए ।

 

मृतक बास्तोला सञ्चारक्षेत्रसँग जोडिएका व्यक्ति हुन् । बालमैत्री मिडियाका प्रकाशक, पोखरा टेलिभिजनको पूर्व सिईओ, शुभलाभ एडभरटाइजिङ एजेन्सीका सिईओ पनि हुन् । बालअधिकार नेपालका अध्यक्ष, शिशु विकास तथा स्याहार केन्द्रका सदस्य पनि हुन् । उनी पूर्व विद्यालय सञ्चालक पनि थिए ।

गण्डक न्युजबाट

images
प्रकाशित मिति :कार्तिक १२, २०७८ शुक्रवार - १९:१८:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology