Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

नेपाली कांग्रेससँग सिट तालमेल गर्ने सहमति भैसक्योः माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

नेपाली कांग्रेससँग सिट तालमेल गर्ने सहमति भैसक्योः माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

इच्छाकामना न्युज

११, कार्तिक २०७८
नेपाली कांग्रेससँग सिट तालमेल गर्ने सहमति भैसक्योः माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

चितवन, ११ कात्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवंम चितवन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेससंग सिट तालमेल गर्ने सहमति भइसकेको खुलासा गरेका छन् ।

images

केहीदिन देखि चितवनमा रहेका अध्यक्ष प्रचण्डले आज (बिहीबार) माडीमा कार्यकर्ता प्रशिक्षणमा बोल्दै नेकपा (एमाले) हावी भएको क्षेत्रमा कांग्रेससंग तालमेल गर्ने सहमति भइसकेको खुलासा गरेका हुन् । ‘एमाले हाबी भएको ठाउँमा हामी एकजुट हुन्छौं, कांग्रेससंग सिट तालमेल गर्ने सहमति भइसक्यो ।’–अध्यक्ष प्रचण्डले भने ।

यस्तै उनले इमान्दार कम्युनिष्टहरुबीच एकताको प्रयास पनि जारी रहेको बताए । जनता समाजवादी, मोहन बैद्य र विप्लवसंग पनि गठबन्धनमा सहकार्यका लागि छलफल भइरहेको बताए ।

प्रचण्डले समाजवाद निर्माण र समाजवादी क्रान्तिअन्तर्गत जनवादी क्रान्तिका बाँकी काम पूरा गरेरै छाड्ने दावी समेत गरे ।

images
प्रकाशित मिति :कार्तिक ११, २०७८ बिहिवार - २०:१९:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology