Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

नेकपा एमाले शहिद लखन गाउँकमिटिको अध्यक्षमा मनोज जोशी चयन

नेकपा एमाले शहिद लखन गाउँकमिटिको अध्यक्षमा मनोज जोशी चयन

images

इच्छाकामना न्युज

११, कार्तिक २०७८
नेकपा एमाले शहिद लखन गाउँकमिटिको अध्यक्षमा मनोज जोशी चयन
images

मनकामना, ११ कार्तिक । नेकपा एमालेको शहिदलखन गाउँ पार्टी कमिटीको अध्यक्षमा मनोज जोशी सर्वसम्मत चयन भएका छन् । आज मनकामनामा सम्पन्न नेकपा एमाले शहिदलखन गाउँकमिटिको प्रथम अधिवेशनबाट जोशी अध्यक्षतामा सर्वसम्मत चयन भएका हुन्। 

जोशीको अध्यक्षतामा ६१ सदस्यीय गाउँ कमिटी चयन गरेको पार्टीले जनाएको छ । कमिटीको उपाध्यक्षमा लुना थापा, सचिवमा गणेश लम्साल र उसचिवद्वयमा भोजबहादुर थापा र प्रसान्त थापा सर्वसम्मत चयन भएको पार्टीको जिल्ला नेता कमल दानीले जानकारी दिए ।

मनकामनामा सम्पन्न पार्टीको गाउँ अधिवेशनमा केन्द्रीय सदस्य रामशरण बस्नेत, प्रदेश कमिटी सदस्य सुरेन्द्र थापा, कृष्ण देवकोटा, जिल्ला कमिटीका सचिव कृष्ण नेपाली, सम्पर्क समन्वय कमिटीका सदस्य कमल दानी, प्रदेश कमिटीका सल्लाकार विपिन मल्ललगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

images
प्रकाशित मिति :कार्तिक ११, २०७८ बिहिवार - १९:१०:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology