कुरिनटार, ११ कार्तिक । चितवनको इच्छाकामना ४ कुरिनटारमा तरुण दलले दीप प्रज्वलन गरि तरुण दलको ६८ औँ स्थापना दिवस मनाएका छन् । नेपाली कांग्रेस इच्छाकामनाका सभापति तथा इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठको प्रमुख अतिथि तथा नेपाल तरुण दल चितवन क्षेत्र नम्बर २ का सभापति राज कुमार गुरुङको विशिष्ट आतिथ्यतामा दीप प्रज्वलन गरि तरुण दल स्थापना दिवस मनाइएको हो ।
दीप प्रज्वलन कार्यक्रमा बोल्दै तरुण दल इच्छाकामनाका सभापति होम बहादुर सिलवाल (जीवन)ले आगामी स्थानीय तहको निर्वाचनमा तरुण दलले सात वटै वडामा पार्टीलाई जिताउने बताउनुभयो ।
नेपाल तरुण दल इच्छाकामनाका सभापति होम बहादुर सिलवाल (जीवन) को सभापतित्व दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो ।