Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गोरखाको लुदीखोलामा लुकाई राखेको अवस्थामा १२ थान सालको गोलिया काठ बरामद

गोरखाको लुदीखोलामा लुकाई राखेको अवस्थामा १२ थान सालको गोलिया काठ बरामद

images

इच्छाकामना न्युज

८, कार्तिक २०७८
गोरखाको लुदीखोलामा लुकाई राखेको अवस्थामा १२ थान सालको गोलिया काठ बरामद
images

गोरखा, ८ कार्तिक । जिल्ला प्रहरी कार्यालय गोरखाले सोमबार १२ थान सालका गोलिया काठ बरामद गरेको छ । गोरखा नगरपालिका वडा नं ९ लुदिखोलास्थित पुन्चे सामुदायिक वनबाट अवैधरुपमा ओसारपसार हुन लागेको सालको काठ जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएका प्रहरीले बरामद गरेको हो ।

सोमबार दिउँसो उक्त ठाउँमा नामथर नखुलेका अज्ञात व्यक्तिहरुले अवैध रुपमा साल काठको गोलीयाहरु ओसार पसार गर्दै गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय गोरखा र अस्थायी प्रहरी पोष्ट लक्ष्मीबजारबाट प्रहरी टोली उक्त स्थानमा खटिई नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।

प्रहरी टोलीले पुन्चे सामुदायिक वनभित्र झाडीमा लुकाई छिपाई राखेको अवस्थामा १२ थान सालको काठका गोलीयाहरु बरामद गरेको डिएसपी प्रकाश दाहालले जानकारी दिए । उक्त काठहरु डिभिजन वन कार्यालय गोरखामा बुझाइएको र थप अनुसन्धान तथा कार्वाहीको लागी प्रक्रिया सुरु गरिएको उनले बताए ।

images
प्रकाशित मिति :कार्तिक ८, २०७८ सोमवार - २२:०३:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology