Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चिवतनको कालिकामा सेन्ट्रल कलेज जिल्लास्तरीय फुटबल प्रतियोगिता सुरु

चिवतनको कालिकामा सेन्ट्रल कलेज जिल्लास्तरीय फुटबल प्रतियोगिता सुरु

images

इच्छाकामना न्युज

७, कार्तिक २०७८
चिवतनको कालिकामा सेन्ट्रल कलेज जिल्लास्तरीय फुटबल प्रतियोगिता सुरु
images

चितवन, ७ कात्तिक । गिरिजाप्रसाद कोइराला फाउण्डेशनको आयोजनामा आज (आइतबार)देखि सेन्ट्रल कलेज जिल्लास्तरीय नकआउट फुबटल प्रतियोगिता सुरु भएको छ । कालिका नगरपालिका–४ स्थित खेल मैदानमा सुरु भएको प्रतियोगिता कात्तिक १७ गतेसम्म चल्ने छ ।

प्रतियोगिताको आज एक समारोहकाबीच नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले समुद्घाटन गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सभापति श्रेष्ठ, विशिष्ट अतिथि रहेका सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टरका प्रिन्सिपल यज्ञविलास (वाइबी) पौडेलले खेल रेफ्रीलाई फुटबल हस्तान्तरण गरेका थिए ।

सो क्रममा बोल्दै सभापति श्रेष्ठले नेपालमा लोकतन्त्रलाई स्थापित गराउन गिरिजाप्रसाद कोइरालाले खेलेको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै नयाँ पुस्तालाई फाउण्डेशनले खेलमार्फत जानकारी गराउने काम गरेको प्रशंसा व्यक्त गरे । उनले यस प्रतियोगिताले युवाहरुलाई खेलप्रति लगाव बढाउन र स्वस्थ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टरका प्रिन्सिपल पौडेलले आफूले नेपालको खेल क्षेत्रलाई प्रवद्र्धन गर्नका लागि प्रतियोगितामा मुख्य प्रायोजक बनेको बताए । उनले चितवनलगायतका जिल्लाहरुमा हुने हरेक खेलमा सेन्ट्रल कलेजको सहभागिता रहने गरेको भन्दै सदैव युवाहरुको साथमा सेन्ट्रल कलेज रहने बताए ।

प्रतियोगिताको उद्घाटन खेलमा मिलिजुली युवा क्लव कालिका–३ र इन्द्रकमल युवा क्लव खैरहनीबीच प्रतिस्पर्धा भएको छ ।

कालिका नगरपालिका र चितवन जिल्ला फुटबल संघ सहयोगी संस्था रहेको प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज अफ भोकेशन ट्रेनिङ सेन्टर रहेको छ । यस कलेजले उच्च शिक्षाका लागि जापान जान चाहने विद्यार्थीहरुका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ ।


समुद्घाटन कार्यक्रम प्रतियोगिताका संयोजक राजकुमार अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

images
प्रकाशित मिति :कार्तिक ७, २०७८ आइतवार - २१:५७:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology