Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमालेको वडा अधिवेशनबाट लागुऔषध मुद्दामा फरार अभियुक्त पनि सदस्यमा निर्वाचित

एमालेको वडा अधिवेशनबाट लागुऔषध मुद्दामा फरार अभियुक्त पनि सदस्यमा निर्वाचित

गत असार १६ गते मुग्लिन पुलजीपबाट अवैध लागुऔषध सहित पक्राउ परेका रुपा ५ कास्कीका मुस्कान पंगेनी एमालेको वडा सदस्यमा निर्वाचित 

इच्छाकामना न्युज

७, कार्तिक २०७८
एमालेको वडा अधिवेशनबाट लागुऔषध मुद्दामा फरार अभियुक्त पनि सदस्यमा निर्वाचित
images

कास्की, ७ कार्तिक । लागूऔषध मुद्दाका फरार प्रतिवादी समेत एमालेको वडा अधिवेशनबाट सदस्यमा निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनबाट कास्कीको रुपा गाउँपालिका(५ मा मुस्कान पंगेनी सदस्यमा निर्वाचित भएका हुन् । रुपा ५ का एमाले सचिव राजन खनालले पंगेनी सदस्य निर्वाचित भएको बताए ।

images
images

उनलाई लागूऔषध मुद्दामा जिल्ला अदालत तनहुँले ६ महिना कारागार सजाय तोकेको थियो । प्रहरीले २०७७ असार १६ गते उनलाई तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपबाट तीन जनासहित पक्राउ गरेको थियो ।

मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग १५ प ६६४० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा पंगेनी र उनका साथीलाई खानतलासी गर्दा प्रहरीले दुई किलो तीनसय ग्राम अवैध गाँजा बरामद गरेको थियो । उनी ११ दिन हिरासत बसेर तारेखमा छुटेका थिए । पछि तनहुँ अदालतले लागू औषध मुद्दामा दोषी ठहर गर्दै ६ महिनाको सजाय तोकेको थियो ।

जेल सजाय भुक्तान नगरी उनी फरार थिए । फरार रहेकै अवस्थामा उनले भदौ १६ मा उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । उक्त मुद्दामा सोमबार पहिलो पेसी छ ।

images
प्रकाशित मिति :कार्तिक ७, २०७८ आइतवार - २१:५३:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology