Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँमा झण्डै ५० हजार रकम सहित ७ जना तासको खालबाट पक्राउ

तनहुँमा झण्डै ५० हजार रकम सहित ७ जना तासको खालबाट पक्राउ

इच्छाकामना न्युज

७, कार्तिक २०७८
तनहुँमा झण्डै ५० हजार रकम सहित ७ जना तासको खालबाट पक्राउ
images

तनहुँ, ७ कार्तिक । जिल्ला प्रहरी कार्यालय तनहुँले तास खेलिरहेका ७ जनालाई पक्राउ गरेको छ । गत शुक्रबार जिल्लाको व्यास नगरपालिका वडा नं १ मोहरियाटार स्थितमा काशीराम पन्थको घरमा हार जितको बाजी राखी जुवातास खेली रहेका छन् भन्ने गोप्य सूचनाका आधारमा उक्त ७ जना जुवाडे पक्राउ परेका हुन् ।

images
images

प्रहरी निरीक्षक शिवराज क्षेत्रीको कमाण्डमा १० जनाको प्रहरी टोली उक्त घर खानतलासी गर्दा उक्त घरमा तास खेलिरहेको अवस्थामा घरधनी काशीराम पन्थ, हरी बहादुर पन्थ, सुरज पन्थ, उमानन्द तिवारी, बिनोद पन्थ, तिलक बहादुर गुरुङ, प्रमनध्वज थापा मगरलाई फेला परेको प्रहरीले जनाएको छ ।

उनिहरु खेलिरहेको खालबाट एकमुष्ट रुपमा नगद रु ४७ हजार ६८० र तासका पत्तिहरु १५९ थान बरामद गरेको प्रहरीले जनाएको छ । उनिहरु उपर जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय तनहुँबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

images
प्रकाशित मिति :कार्तिक ७, २०७८ आइतवार - २०:५२:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology