Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

क्षतिको तथ्याङ्क आएपपछि किसानलाई राहत दिइने 

क्षतिको तथ्याङ्क आएपपछि किसानलाई राहत दिइने 

सिआईएन

५, कार्तिक २०७८
क्षतिको तथ्याङ्क आएपपछि किसानलाई राहत दिइने 
images

सीता शर्मा, काठमाण्डौं, ५ कार्तिक । धानबालीमा भएको क्षतिको एकिन तथ्याङ्ग आइसकेपछी प्रदेश र संघीय सरकारले किसानलाई राहत दिने योजना बनाएका छन् । बेमौसमी वर्षाले भित्राउन ठिक्क पारिएको लाखौँ मुल्य बराबरको धानबाली नष्ट भएको छ ।सुदूरपश्चिम र प्रदेश १ मा सबैभन्दा बढी क्षति भएका विवरणहरू आएका छन् ।

images
images

कैलालीको गोदावरी नगरपालिका ८ का मनीराम चौधरीले गत आइतबार दिनभर खेताला लगाएर धान काट्नुभयो । सोही दिनको रातिदेखि लगातार परेको पानीले २४ कट्ठा क्षेत्रफलमा लगाएको धानबाली पुरै नष्ट भएको छ । विगतमा झण्डै ४० क्वीन्टल धान उत्पादन हुने भए पनि यसपाली भोकमरी पर्ने अवस्था आएको उहाँले गुनासो गर्नुभयो ।

सुनसरीको दुहवी नगरपालिकाका १ का दिलिप साहको १ विगाहामा लगाएको धानबाली पानीले पुरै बगाएको छ । अझै पनि खेत पानीले भरिएको छ । वर्षभरि खाने बाली पानीले नष्ट गरिदिएपछि कसरी गुजारा चलाउने उहाँलाई पनि समस्या परेको छ । प्रदेश सरकारको प्रारम्भीक तथ्याङ्क अनुसार सुदरपश्चिममा ३० प्रतिशत र प्रदेश १ मा ८ प्रतिशतसम्म धानबाली नष्ट भएको छ । प्रदेश १ सरकार क्षतिको विवरण आइसकेपछि किसानहरूलाई राहत दिने योजना बनाइएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री हिरा कुमार थापा बताउनुहुन्छ ।

सुदुरपश्चिम प्रदेश सरकारले स्थानीय सरकारलाई विवरण सङ्कलन गर्न लगाएको छ । वास्तविक क्षति भएका किसानको तथ्याङ्क आएपपछि नीति बनाएर सहयोग गर्ने भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री मानबहादुर सुनारले बताउनुभयो । संघीय सरकारले बाढी र पहिरोबाट मृत्यु भएका र विस्थापीत भएकाहरुलाई राहतको घोषणा गरेको छ ।

धान बालिमा भएको क्षतीमा लागि पनि राहत दिने तयारी भएपनि के कसरी किसानलाई सहयोग गर्ने भन्ने बारेमा छलफल भइरहेको कृषि विभागका उपमहानिर्देश जानुका पण्डितले जानकारी दिनुभयो । अहिले धानबालीमा भएको क्षतिले खाद्य संकट समेत निम्त्याउन सक्ने विज्ञहरू बताउँछन् । सरकारले तत्काल क्षतिको विवरण संकलन गरी राहत उपलब्ध गराउनुपर्ने र अन्यबालीको खेतीका मल विउ तथा प्राविधिक सहयोग गर्नुपर्ने उनिहरूको सुझाब छ । 

images
प्रकाशित मिति :कार्तिक ५, २०७८ शुक्रवार - १०:२२:२५ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology